५ मंसिर २०८३, शुक्रबार
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु
विचार

प्रकृति र मानव

जबजब प्रकृतिको सृष्टि भयो तब जीवको आकार हुँदै विकसित मानवको उत्पत्ति भयो। प्रकृतिको बनोट र मानवको उत्पत्तिसँगै समानान्तर तरिकाले प्रकृति र मानवको विकास भयो। जसमध्ये मानव सबैभन्दा विवेकशील प्राणी भएर पृथ्वीमा वर्चस्व जमाउन सफल भयो। तदनरुप जीवजन्तु र वनस्पति प्रकृतिको नियममा चल्न थाले ।जे छ त्यसमा रमाउन थाले या त यिनीहरुले विकास गरे या त यिनीहरुले विनाश नै गरे। जसका कारण उतारचढाव देखिएन। तर मानव मात्र यस्तो प्राणी यो धर्तीमा देखियो जसले प्रकृतिलाई चुनौती दिँदै अगाडि बढ्यो। इजिप्ट,मेसोपोटामिया ,नाइल नदी, रोम लगायतका ठाउँबाट सभ्यता सुरु गरेको मानवले पृथ्वी तथा भूगोलको आकार नै फेर्छ कि झैँ गरेर विज्ञानको चमत्कार गर्यो ।दुःख पनि गर्यो । मोज र भोग गर्न जान्यो ।यसैगरी विज्ञान प्रविधिको आविष्कारलाई अगाडि बढाउँदै र रमाउँदै जाँदा प्रकृति विरोधी कार्यहरु गर्न थाल्यो । न प्रकृतिले सित्तैमा दिएका सुन्दर उपहार बचाउन सक्यो या प्रकृतिमा भएका विध्वंशहरूलाई रोक्न सक्यो।। आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र नभई भोग विलासका लागि नयाँ नयाँ कुरा अन्वेषण गर्दै उपभोग गर्दै आइरह्यो। नयाँ कुरा पत्ता लगाउन उपभोग गर्नु आफैमा नराम्रो कुरा होइन तर विनाशकारी प्रवृत्तिले विलासितातिर जीवन धकेल्न सुरु गर्यो। विज्ञान जरुरी छ तर विज्ञानले विनाशलाई होइन सकारात्मक विकासलाई मजबुत बनाओस्। प्रकृतिको सन्तुलन गरेर मात्र भोगचलन गर्न सकौँ। आधुनिक संसारमा रमेर जिउने कलामा त पक्कै परिवर्तन आयो तर सँगसँगै प्रकृतिमा विभिन्न विपत्तिहरू सामना गर्न परिरह्यो।जीवनको परिभाषा नै बदलिए झैँ मान्छे यस धर्तीमा जन्मेर जिउनका लागि मात्र हैन आराम ,भोग ,विलास गर्न आएको हो र उसले हरेक कुरा विनाश गरेर उपभोग गर्न पाउनु पर्दछ भनेझैँ गरेर व्यवहार गर्न थाल्यो। बुद्धि र चेतनाले सर्वसेवा ठानिएको मानवले भ्रष्टचेतना र बुद्धि पनि मगजमा भर्न थाल्यो। राजनैतिक हिसाबले होस् या सामाजिक वा व्यक्तिगत चरित्रले समाजमा स्वार्थका पथमा उभिन सुरु गर्यो। तर अझै चेतना आएको छैन कि हामीले प्रकृति विरोधी र मानव विरोधी के के काम गर्दैछौ भनेर।
जब जब प्रकृतिमा कठिनाइ आउँछ तब मुखबाट शब्द फुट्छ हे भगवान किन यस्तो विपत्ति दियौ एक बारको जुनीमा शान्तले बाँच्न पनि नपाउने ।साँच्ची तिमी भगवान त छौ भने किन हात थाप्दैनौ तर मानिसलाई आफैँलाई पत्तो हुँदैन कि मैले प्रकृति विरोधी सृष्टि विरोधी कति कार्य कार्यहरू गरिरहेको छु भनेर। अनि मानवलाई मात्र ज्यानको माया हुने कि अरु जीवजन्तुलाई पनि हुन्छ ?आफ्नो स्वार्थको लागि व्यवहार गर्ने मानले किन सोचेको हुँदैन कि मेरो जस्तै सास अरु प्राणीको पनि हुन्छ भनेर अनि प्रकृतिले दिएका कुरा सबैले समान भोग चलन गर्न पाउनुपर्छ भनेर।
प्रकृतिलाई विनाश गरेको मानव उही प्रकृतिसँग डराइरहेको छ। प्रकृतिमा नै हुर्किएका जीवजन्तु आफ्नै संसारमा व्यस्त छन् मस्त छन् । न सुख छ न भोग छ ,न कसैको डर छ ,न कसैमाथि स्वार्थ छ तर मानव स्वार्थमा रहेर त्रासको जीवन बिताइरहेको छ। ऐस आरामका लागि बंगला बनाउने पनि मानव ,भूकम्प आएर मरिन्छ कि भन्ने पनि मानव ,तमोगुणी बनेर अनेक थरी खाने पनि मानव, अनि अनेक थरी रोग लाग्यो भनेर भन्ने पनि मानव, रमाइलाका लागि सयौँ ठाउँ घुम्न जाने पनि मानव, रोग सरेर मर्ने भइयो भन्ने पनि मानव, कारण निम्त्याउने पनि मानव ,गुहार माग्ने पनि मानव। विश्व हल्लाउने कोभिडको मारमा परेको बेला भोज भतेरमा घुम्ने पनि मानव, वातावरण को संरक्षण नगर्दा र वातावरण विनाश गरेर जलवायु प्रदूषण हुँदा र पृथ्वीमा आएका विभिन्न प्रकोपहरुलाई निम्त्याउने पनि मानव। सायद सृष्टिकर्ताले नै चेतना दिएन आएको हो कि? सर्वश्रेष्ठ प्राणीले सन्तुलन गर्न नजाने अरु कसले गरिदिन्छ यो सब कुराको सन्तुलन? वैदिक कालदेखि धर्ममा आस्था गर्ने मानव मन्दिर जान्छ, पूजा गर्छ ,दैनिक भगवानको नाम जप्न पनि पछि पर्दैन तर भगवानको आस्था विपरीत कार्य पनि हामी नै गर्छौ । हामी यो सोच्दैनौ कि अब हामी अरुको विनाश नगरी बाँच्न सक्दैनौ भनेर। हुन त प्रत्येक असरको पछाडि कारण लुकेको हुन्छ। जुन कुरा मानवबाट नै भएको छ हुन त रोग शोक र मृत्यु जस्ता कुरा प्रकृतिका नियम जस्तै हुन् । मानिस अजम्बरी छैन मरणशील छ। मृत्यु विश्वव्यापी छ। तर नीति नियममा रहन सक्यो भने अवश्य न्यूनीकरण गर्न सकिन्छ । प्रकृतिमाथिको हेपाइ नै मानवमाथिको प्रहार हो ?हाम्रा भोग विलासलाई टाढा राख्ने हो भने सायद पटक पटकको प्रकृतिको प्रहारमा कमी आउने थियो होला। हाम्रा धार्मिक ग्रन्थमा लेखिएका सकारात्मक कुरा ग्रहण गर्न सक्छौ। आज विश्वका पश्चिमी मुलुकहरुले पनि हिन्दु धर्म र रामायणको खोजी गरी अनुसन्धान गर्न थालेका छन् ।जसरी अन्य प्राणीले प्रकृतिको नियममा बसेर जीवन बिताइरहेका छन् त्यसरी नै मानिस पनि आफ्नो ठाउँमा बस्न सकौँ। सर्वश्रेष्ठ प्राणीले विनाश होइन सबै प्राणीलाई सुरक्षा गरेर पर्यावरणमा सन्तुलन गर्ने प्रयास गरौं ।जन्मको अन्तिम रुप मृत्यु हो जुन सर्वव्यापी छ ।जुन कुरालाई भुलेर व्यक्तिगत स्वार्थलाई पछाडि राख्न सकौँ। समय आउँछ आएको कुरा देखिँदैन तर त्यसले विशेष प्रभाव छोडेर गएको हुन्छ। हामीलाई थाहा हुँदैन। कवि शिरोमणि लेखनाथ पौडेलले उद्घृत गरेको कवितामा झैँ “। म खाऊँ, मै लाऊँ, सुख सयल वा मोज म गरु”भन्ने भावको कवितालाई स्मरण गर्न सकौँ। मुना मदनमा लेखिएझैँ साग र सिस्नु खाएको मन आनन्दी मनले भन्ने भावलाई बुझ्न सकौँ। मानिसको भोग विलासिताले स्वार्थ भित्रियो। स्वार्थले लोभ र पाप निम्तियो। लोभ पापले अपराधी घटना घट्न थाले। सके सफल जीवन जिउने प्रयास गरौँ। नसके असल जीवन जिउ। तर सके सपार्नतिर लाग्यौ नसके बिगार्न नलागौ ।

M .,M MZX.