५ मंसिर २०८३, शुक्रबार
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु
Flash News

चाडपर्व नजिकिदै जादा बन क्षेत्रमा गस्ती तिव्र

रौतहट, असोज ०१ गते
दशैं, तिहार तथा अन्य चाडपर्व नजिकिँदै गर्दा वन क्षेत्रमा हुन सक्ने चोरी–निकासी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका वन क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ ।
विगतका वर्षहरूको अनुभवअनुसार दशैं, तिहारलगायतका चाडपर्वको समयमा वन क्षेत्रमा काठ–दाउरा चोरी, वन पैदावारको अवैध संकलन तथा निकासी र वन्यजन्तुको चोरी–शिकार बढ्न सक्ने देखिएकोले गस्ती तिव्र पारिएको जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख बिनोद जेठराले बताएका छन् । उनका अनुसार रोजगारी तथा अन्य कारणले घरबाहिर रहेका व्यक्तिहरू चाडपर्वका समयमा घर फर्किने भएकाले वन क्षेत्रमा मानवीय गतिविधि बढ्ने सम्भावनालाई समेत मध्यनजर गर्दै गस्तीलाई थप प्रभावकारी बनाइएको हो ।
जङ्गलसहिया सब–डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) तथा सम्बन्धित सामुदायिक वनका पदाधिकारीहरूको संयुक्त सहभागितामा फतुवा विजयपुर नगरपालिका अन्तर्गतका विभिन्न वन क्षेत्रमा नियमित तथा आकस्मिक गस्ती शुरु गरिएको उनले जानकारी दिए ।
गस्तीका क्रममा वन क्षेत्रमा हुने अवैध काठ कटानी तथा चोरी–निकासी, वन पैदावारको अवैध संकलन, वन अतिक्रमण, वन्यजन्तुको चोरी–शिकार तथा अन्य गैरकानुनी गतिविधिको निगरानी र नियन्त्रण गरिने उनले बताए । साथै, चाडपर्वको समयमा वन संरक्षण तथा वन्यजन्तु सुरक्षालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई समेत प्राथमिकता दिइएको छ , उनले भने ।
वन क्षेत्रको सुरक्षा, वन पैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी–शिकार नियन्त्रणका लागि चाडपर्वको अवधिभर संयुक्त गस्तीलाई निरन्तरता दिइने सव डिभिजन प्रमुख जेठराले जानकारी दिए ।

M .,M MZX.