५ मंसिर २०८३, शुक्रबार
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु
अपराध

लालबकैया पुलबाट खोलामा हाम फालेका युवक मत अबस्थामा फेला

ए आइ फोटो

रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदि किनारबाट एक युवक मृत अबस्थामा फेला परेका छन् ।
मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट शुक्रवार दिउँसो अन्दाजी एक बजेको समयमा हाम फालेका युवक मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीले जानकारी दिए ।
बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोल निवासी करिब २७ वर्षीय सचिन्द्र यादव उपचारका लागि शुक्रवार गरुडातर्फ जाँदै गर्दा मोटरसाइकलबाट लालबकैया पुलमा ओर्लिएर खोलामा हाम फालेका थिए । यादव आफ्नै दाइ सिकिन्द्र यादवले चलाएको बागमती प्रदेश–०२–०६२ प ८५४८ नंको मोटरसाइकलमा पछाडि सवार रहेका थिए । पुलबाट खोलामा हाम फालेका यादवको खोजीका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमान्डमा १७ जना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको थियो ।

M .,M MZX.