मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले मंगलबार बन तथा बाताबरण मन्त्रालय मधेश प्रदेश अन्तर्गतका अधिकृत नबौं तथा दशौँ तहका कर्मचारीहरुको सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले उपलब्ध गराएको सरुवा सुची अनुसार डिभिजन बन कार्यालय धनुषाका डिभिजनल बन अधिकृत बिनोद सिंहलाइ डिभिजन बन कार्यालय सर्लाही,डिभिजन बन कार्यालय सर्लाहीका डिभिजनल बन अधिकृत सन्तोष कुमार झालाई डिभिजन बन कार्यालय धनुषामा सरुवा गरिएको छ ।
त्यसै गरि भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत जिउत राउत अहिरलाइ भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्सा तथा भू तथा जलाधार व्यस्थापन कार्यालय पर्साका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बिरेन्द्र प्रसाद पटेललाइ बन तथा बाताबरण मन्त्रालय जनकपुरधाम मा सरुवा गरिएको छ, त्यसै गरि बन तथा बाताबरण मन्त्रालय जनकपुरधाम मा कार्यरत बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बेचन महतोलाइ भू तथा जालाधार व्यवस्थापन कार्यालय सिरहामा सरुवा गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय सिरहामा कार्यरत बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत प्रविण कुमार सिंहलाइ भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहट सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,आन्तरिक राजश्व बिभाग, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायमा कुशल कार्यसम्पादन गर्नु भएकी पार्वती शर्मा मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामको सचिवमा कार्यभार सम्हाले देखि मधेश प्रदेशमा कर्मचारी सरुवा पूर्ण पारदर्शी तथा व्यवस्थित गरिएको छ ।
वर्षौँदेखि एउटै कार्यालयमा बसेर चलाइएका सेटिङहरू भताभुंग भएका छन् भने लामो समयदेखि एउटै ठाउँमा जरा गाडेर बसेका कर्मचारीहरूलाई रोटेसनमा पठाउने निर्णयले प्रशासनभित्रै नयाँ तरंग ल्याएको छ। अहिलेको सरुवामा राजनीतिक हस्तक्षेप हटाइएको कारण केहि राजनीतिक दल यस कार्यको बिरोध गरि रहेको देखिन्छ ।
अहिलेका सचिव शर्माले गर्नु भएको यो आँटको चौतर्फी प्रशंसा हुँदैछ ।



