५ मंसिर २०८३, शुक्रबार
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु
अपराध

चोरीको अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

ए आइ फोटो

रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
शुक्रबार बिहान करिब ९ः३० बजे भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरि घरबाट रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकर प्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै सोही ठाउँका मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ चोरी भएको उनले बताए ।
त्यसैगरी सोहि ठाउँ बस्ने रामाज्ञा साहको घरमा माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी दिए ।
तीनवटै घरमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्जवल क्षेत्रीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा राखिएको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला पारेको छ ।

प्रहरीले पेस्तोल बरामद गरी चोरी तथा हतियारसँग सम्बन्धित घटनाबारे थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी दिए ।

M .,M MZX.