५ मंसिर २०८३, शुक्रबार
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु
प्रदेश २

मधेस प्रदेश सांसद जैनब खातुनको निधन

मधेस प्रदेश सभा सदस्य जैनब खातुन

रौतहट क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ । नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य रहेकी खातुनको बुधबार साँझ ७ बजेको समयमा वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया घर भएका ७१ बर्षिया खातुनलाइ बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा दिनको ११ बजेको समयमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको छोरा रोशन खानले जानकारी दिए ।
खातुन प्रदेश सभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत रहेकी थिइन । बिगत ४० बर्ष देखि सक्रिय राजनीतिमा रहेकी खातुनको निधनले रौतहटले एउटा असल राजनीतिकर्मी गुमाएको नेकपा एमाले रौतहटका इन्चार्ज अजय कुमार गुप्ताले बताए ।

M .,M MZX.