रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
अर्थ

प्रदेश सरकारले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने



अर्थ   11 पटक पढिएको        

काठमाडौँ फागुन ५ करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ। घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर कर लिनसक्ने व्यवस्था गरेको छ।

संविधानअनुसार सातवटै प्रदेशमा प्रदेश सरकार गठन भइसकेको अवस्थामा अर्थ मन्त्रालयले करसम्बन्धी नमूना कानून प्रदेशमा पठाएको हो। उक्त कानुनमा प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र घर, जग्गा वा घरजग्गा रजिष्ट्रेसन गर्दा शुल्क लगाउनसक्ने व्यवस्था गरेको हो।

विद्येयकको परिच्छेद–४ को करसम्बन्धी व्यवस्थाअनुसार घर, जग्गा वा घरजग्गाको स्वामित्व हस्तान्तरण गर्दा शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त शुल्कको निर्धारण गर्दा कर तिर्नसक्ने क्षमताका आधारमा कर निर्धारण गर्नुपर्नेछ ।

त्यसैगरी, कर प्रणाली समानता र न्यायमा आधारित रहने गरी सरल, पारदर्शी र मितव्ययी हुनुको साथै नागरिकलाई सुविधा हुने गरी कर लगाउनुपर्नेछ । घरजग्गा वा स्वामित्व हस्तान्तरण हुँदा महिलालाई २५ प्रतिशत छुट दिनुपर्नेछ।

कानूनअनुसार प्रदेशलाई सवारी साधन कर लगाउनसक्ने अधिकार दिइएको छ। इन्धनद्वारा सञ्चालित हुने सबै सवारी साधनमा प्रदेश सरकारले कर लगाउनसक्छ।

प्रदेश सरकारलाई मनोरञ्जन करसमेत लगाउनसक्ने अधिकार दिइएको छ । प्रदेश सरकारले चलचित्र घर, भिडियो घर, सांस्कृतिक मनोरञ्जन कर लगाउनसक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, प्रदेश सरकारले अनुमति दिएका विज्ञापन एजेन्सीले विज्ञापनको कारोबार गरेको र विज्ञापनका सामग्री राख्न दिएबापत विज्ञापन कर लगाउन सक्नेछ। कृषि आयमा कर लगाउनेसक्ने अधिकार पनि उसलाई गरिएको छ।

करबापत असुलिएको रकममध्ये दुई प्रतिशत प्रशासनिक खर्च कटाएर बाँकी राजस्व तोकिएको समयावधिमा प्रदेश सञ्चित कोषमा जम्मा गनुपर्ने हुन्छ। स्थानीय तहले उठाउने शुल्क पनि सोहीअनुसार गर्नुपर्नेछ।

त्यसैगरी, विधेयकको परिच्छेद–१४ मा गैरकर राजस्व उठाउनसक्ने व्यवस्था गरिएको छ। यस अतिरिक्त सेवा शुल्क तथा दस्तुर, पर्यटन शुल्क समेत उठाउन पाउने व्यवस्था छ। यो पनि प्रदेश सरकारको आय हुनेछ।

करसम्बन्धी कानून बनाउन प्रदेशले केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ। त्यसैगरी, स्थानीय तह र नेपाल राष्ट्र बैंकसँग पनि समन्वय गरेर कर निर्धारणका लागि कानून बनाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपालको संविधानको धारा ५९ र २१३ अनुसार यसअघि अर्थ मन्त्रालयले प्रदेश सञ्चित कोष, सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने अधिकारसहित प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ नमूना विधेयक पारित गरी प्रदेशमा पठाइसकेको छ। रासस







सम्बन्धित शिर्षक समाचारहरु

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, पासपोर्ट रोक्कालगायतका कारबाही अघि बढ्ने

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

एनआइसी एसियाको शाखा लेटाङमा, शाखा २६४ पुग्यो, २०० अर्बको वासलात

थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी प्रभु बैंकको शाखा संचालनमा

पाँच वर्षमा १८ सय कम्पनी खारेज

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    8     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451060 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top