४८ किलो गाँजासहित पक्राउ परेकालाई पर्सा प्रहरीले गरे सार्वजनिक /* - - - Script for Auto Navigation - - - */

४८ किलो गाँजासहित पक्राउ परेकालाई पर्सा प्रहरीले गरे सार्वजनिक

वीरगञ्ज, १३ पुस ।


पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको थियो । शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा, स्ट्यापलर, कैची लगायतका समान र गम्भीराको कोठाबाट २५ किलोग्राम गाँजा, ढक तराजु लगायतका समान बरामद गरेको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

गत पुस १० गते सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक जीवन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको घरमा छापा मारेको थियो ।

उनीहरु विरुद्ध अदालतबाट लागुऔषध मुद्धामा ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा शर्माले आफूले गाँजा किनेर ल्याएर भाईको कोठामा समेत राखेको तथ्य खुल्न आएको प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘उसले कारोबारीसँग २० हजारमा किनेर ल्याएको रहेछ, ८० हजारमा बिक्री गर्ने सोचमा रहेछन् ।’ प्रहरी उपरीक्षक डा. रेग्मीले भने ‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले तीन जनालाई पक्राउ गरेर ल्याएको भएपनि रकमको चलखेलमा १ जनालाई छोडेको चर्चा छ ।

प्रहरीले उनीहरुसँगै पक्राउ परेका प्रेमप्रसाद कलवारलाई मंगलबार राति नै छाडेको हो । प्रहरीले भने उनी निर्दोष देखिएकोले छोडेको दावी गरेको छ ।

प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले पत्रकार सम्मेनलमा आफू जिल्ला बाहिर रहेको भएपनि सबै जानकारी आफूलाई रहेको र आर्थिक चलखेल नभएको दावी गरे ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109949 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top