जनता बैकको ९१ औ शाखा चन्द्रपुर
चन्द्रनिगाहपुर /मंसिर २८/
रौतहटको चन्द्रपुरमा ९१ औ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन प्रमुख अतिथी नवनिर्वाचित प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना तथा बैकका संचालक समितिका अध्यक्ष केशव वहादुर रायमाझीले सयुतm रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।
उत कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमल्सिनाले बजार र राजमार्गमा मात्र बैक केन्द्रित नभई ग्रमिण क्षेत्रमा पनि सेवा सुविधा बिस्तार गर्ने आग्रह गरेका छन् । रौतहटका पुराना बजार र आर्थिक कारोबार हुने क्षेत्रमा बैक नरहेको उल्लेख गर्दै त्यस्ता स्थानमा शाखा खोल्नु पर्नेमा उनले जोड दिएका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत पशुराम कुवँर क्षेत्रीले बैकले दिदै आएको सेवा सुविधाका बारेमा बताएका थिए ।
कमेन्टस
सम्बन्धित शिर्षक समाचारहरु