क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपिडितलाई कमबल वितरण /* - - - Script for Auto Navigation - - - */

क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपिडितलाई कमबल वितरण

रौतहट २४ असोज ।


क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपीडित परिवारलाई लाई आज कमबल वितरण गरिएको छ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापा, कृष्ण शृखडा र त्यस्तै होलैण्डमा बस्दै आईरहेकी बर्षा खडकाको बिशेष पहलमा रौतहटका

 ५० जना असहाय, गरिब, दलित बाढीपीडित परिवारलाई राहत स्वरुप कमबल वितरण गर्नुभएको छ ।
श्रावण २७ गतेका दिन रौतहटमा ठूलो विनाशकारी बाढी आएकोले दर्जनौ घर बगाएर लगिदा घर बिहिन भएका बाढीपिडीत परिवारलाई अब आउन लागेको चिसोको मौसममा ओढनको लागि नभयको वास्तविक पीडितलाई क्षत्री समाज बेल्जियम महासचिव तथा एन.आर.एन बेल्जिय नि.वर्तमान उपाध्यक्ष, समाजसेवी यसोदा थापा र बर्षा खडकाले आफै रौतहटमा पुगी कमबल वितरण गर्नुभएकी छिन ।
राहत वितरण कार्यक्रममा समाजसेवी थापाले रौतहटबासीको लागि धेरै जसो ठाँउमा विभिन्न प्रकारका सहयोग गरिरहेको र आउने दिनमा पनि मौका पाए गर्न तत्पर तयार रहने उहाले बताउनु भएकी छिन ।
अहिलेको कठिन प्रस्तिथीमा आफन्तहरुले चिनिने छोरी सकेका हुन तर हजुरहरुले सात समुन्द्र पार गरी आफुहरु जस्ता असहाय बाढ पीडितलाई जुन सहयोग गर्नुभएको यसोदा थापा, बर्षा खडका,कृष्ण शृखडा र दिपा के.सी. सहयोगी दातालाई सुस्वास्थ तथा लामो दिर्घायुको कामना समेत राहत बुझेका पीडितहरुले दिएका छन ।
स्थानीय सहयोगी युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहट शाखाका अध्यक्ष तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलले सहयोग पुर्याउनु भएको छ ।
राहत वितरण कार्यक्रममा दर्जनौ नेता, पत्रकार, बुद्धीजिवी, महिला र स्थानीयको उपस्थितिमा मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको कार्यालय सदरमुकाम गौरमा भएको छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108312 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top