प्रहरी मेरो साथी पछि अब रौतहट प्रहरीले यौनधन्दा शुरु गर्यो /* - - - Script for Auto Navigation - - - */

प्रहरी मेरो साथी पछि अब रौतहट प्रहरीले यौनधन्दा शुरु गर्यो

रौतहट, असोज १५ ।


रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन । होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा कमाउने प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा
 यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।

ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिलालाई कार्यालयको कक्षमा नै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरपछि स्थानीय आक्रोशित बनेका हुन ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउँकै एक महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएको बताए ।

कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643154 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top