रौतहट जिल्लाका दुर्ग भगवती गाउँपालिकामा बाढी पीडितहरुका लागि अमेरीकाबाट आएको नगद ९ लाख रुपियाँ आज संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले सहयोग स्वरुप वितरण गरिएको छ । सो रकम बाढि पिडितहरुलाई २० हजारको दरले ४५ जनालाई वितरण गरिएको छ ।
डेभलपिङ्ग ह्याण्ड अमेरिकाबाट आएको उक्त परिमाणको रकम दुर्गा भगवति गाउपालिका वडा नं. २ भलोहियाका विन्देश्वर सहनी, किशोर सहनी, समत मण्डल, सुरेन्द्र मण्डल, जगन महरा, रामसोगारथ महतो, छोटेलाल झा र कामनी देवी लगायतका गाउँका ४५ जना बाढी पीडितलाई संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले एक समारोहकासाथ वितरण गर्नु भएको हो ।
विनासकारी बाढिले घरहरुलाई नष्ट गरेकोले ती पाढी पिडितहरुले रकम पाएपछि घरबनाउनको लागि साहै नं मदत भएको एक पिडितले भनेको छ । पिडितको समस्यालाई राम्रो संग बुझेर तीनीहरुलाई सहयोग गरेका संघीय समाजवादी फोरमका रेवन्त झा तथा उनका भाईलाई पिडिले अभार प्रकट गरेका छन् ।