रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

जनता मेयर आमने सामने



समाज   59 पटक पढिएको        

वीरगंज/ वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जनताको समस्या बुझन वडा(वडामा पुगेर जनता मेयर आमने सामने कार्यक्रम सुरु गर्नु भएको छ । जनता संग प्रत्यक्ष रुपमा भेटेर वडा वासीहरुको गुनासो सुन्न र समस्या बुझ्न आफुले सो
 कार्यक्रम वीरगंज महानगरपालिकाका सम्पूर्ण वडाहरुमा गर्ने मेयर सरावगीले जानकारी गराउनु भयो ।

कार्यक्रमको पहिलो शृंखला अन्तर्गत वीरगंजको नगवा स्थित बौधिमाई परिसरमा बिहिवार महानगरपालिका कार्यालयको आयोजना मेयर जनता आमने सामने कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै मेयर विजय कुमार सरावगीले निर्वाचितभए पश्चात आफुले गरेको काम, कारवाही र आगामी दिनहरुमा गर्ने कार्य र भइरहेको योजनाहरुका बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

मेयर सरावगीले वीरगंज महानगरपालिकाको पहिलो नगर सभाबाट वडा स्तरिय कार्यक्रमका लागि १६ करोड र नगर स्तरीय कार्यक्रमका लागि ३ करोड ८० लाख रकम बजेट बिनियोजन गरी विकास निर्माण कामको प्रक्रिया अगाडी चलिरहेको जानकारी गराउनु भयो । त्यसैगरी वडा नं। १६ का लागि ५० लाख विकास बजेट बिनियोजन भएको बताउनु भयो ।

मेयर सरावगीले वडा नं। १६ मा अहिले सबै भन्दा धेरै विकास निर्माणका कार्यक्रमहरु संचालनमा रहेको बताउदै सम्पूर्ण कार्यक्रमहरु तदारुकताका साथ् अगाडि बढि रहेको र समय अवधि भित्र सम्पन्न हुने जानकारी समेत गराउनु भयो । उपस्थित सहभागीहरुको प्रश्नहरुको उत्तर दिंदै मेयर सरावगीले आगामी आर्थिक वर्षको लागि बजेटमा समावेस गर्नु पर्ने विकास कार्यको लागि जनता संग विमर्श गरि योजनाहरु ल्याउने उदेश्यले पनि यो कायक्रम आयोजना गरिएको भन्नु भयो ।

वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा महानगरपालिकाका योजना महाशाखाका प्रमुख राजेश चौरसिया, वरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका प्रोजेक्ट म्यानेजर शैलेन्द्र श्रेष्ठ, इन्जिनियार नगिना यादव, वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य सुशील कुमार कानु, वडा नम्बर १२ का वडा अध्यक्ष रामदरस प्रसाद, मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी लगायतको उपस्थिति रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272964 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top