जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण - 2018-03-12
काठमाडौं फागुन २८ युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो।

‘प्रेस स्वतन्त्रता हनन भए सडकमै उत्रन्छौं’ - महासंघ - 2018-03-12
फाल्गुन २८ काठमाडौँ — ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ । ‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’ प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो ।

'नेपाल बन्द' भनेर आतंक फैलाउने पक्राउ - 2018-03-08
२४ फागुन काठमाडौँ — आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

वाइसिएलले प्रमुख १० सहरमा जनयुद्ध दिवस मनाउने - 2018-02-02
काठमाडौँ माघ १९ वाइसिएल नेपालले देशका १० प्रमुख शहरमा जनयुद्ध दिवस विविध कार्यक्रमका साथमा मनाउने भएको छ। राजधानी उपलब्ध पदाधिकारीहरुको बिहीबार बसेको बैठकले काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, वीरगन्ज, इटहरी, दाङ, सुर्खेत, बुटवल सहरमा विशेष कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको तयारीका लागि वाइसिएललेकेन्द्रीय नेताहरुको जिम्मेवारी समेत तोकेको छ।

बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ - 2018-01-26
१२ माघ, लहान सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कोशिश फाउण्डेशन द्वारा रुपन्देही जिल्लाका ९६ जना सितलहर पीडितलाई राहत बितरण - 2018-01-17
भैरहवा/०३,माघ / कोशिश फाउण्डेशनका डा.सरिता यादवको संयोजक्तामा १६ जना टोलिको समूहले रुपन्देही जिल्ला स्थित मायादेवी गाउँपलिका ९६ जना सितलहर पीडित गरिब, वृद्ध वृद्धा तथा बच्चाहरूलाई ९६ वटा कम्बल र हरेकलाई जाडो मौसमको लागी टोपी

सरकारी सवारीको दुरुपयोग रोक्दै ट्राफिक प्रहरी - 2018-01-13
ताप्लेजुङ, २९ पुस ताप्लेजुङमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।

अब शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने - 2018-01-13
२९ पुस नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110176 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top