जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

दुर्घटनामा एकको मृत्यु, तीन घाइते - 2017-05-11
सप्तरी, २८ बैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको आज मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय जगनाथ चौधरी रहेको प्रहरीले जनाएको छ ।

अपाङ्गता भएकालाई किन उम्मेदवार बनाइएन? - 2017-05-11
काठमाडौं, २८ बैशाख । दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ। नेपालमै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताए।

कुलमानले भावुक हुँदै भनेः बल्ब खरिदमा कुनियत भेटिए हामीलाई झुण्डाइदिए हुन्छ - 2017-05-09
काठमाडौँ, २६ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब प्रकारणका बारेमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेका छन्। एलइडी बल्ब खरिदमा ऊर्जामन्त्री र कार्यकारी निर्देशकले भ्रष्टचार गर्नका लागि सस्तो मुल्यका बल्बलाइृ महँगो मुल्य तिरेर किन्न लागेको समचार प्रकाशनमा आएपछि उनले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

'ट्रम्पको विजयपछि पनि अमेरिका नेपाललाई सहयोग गर्न तयार छ' - 2017-05-07
काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले आइतबार भेट गरेको छ। भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका छन्।

नेपाल भ्रष्टाचारको जोखिमयुक्त मुलुकको सूचीमा राजनीतिक - 2017-04-25
काठमाडौं, १२ बैशाख । मुलुकको भ्रष्टाचार नियन्त्रणमा राजनीतिक संरक्षण नै प्रमुख समस्या भएको सरोकारवालाहरूले औंल्याएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले राजनीतिमा भ्रष्टाचार मौलाउनु डरलाग्दो विषय भएको बताए । कार्यपत्र प्रस्तुत गर्दै कान्तिपुरका समाचार सम्पादक हरिबहादुर थापाले लोकतन्त्रपछिको १० वर्षमा मुलुक सुशासनतर्फ उन्मुख हुन नसकेको टिप्पणी गरे ।

ट्रक दुर्घटनामा आठ घाइते - 2017-03-29
इलाम, फागुन ९ । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को३प ६०६० नम्बरको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नपा–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नपा–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नपा–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।

छिमेकीकै मिलेमतोमा बालिका बलात्कृत - 2017-03-29
सर्लाही, १ फागुन । अनन्तलिंगेश्वर ७, सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । सागरनाथ ७, सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी हुन् ।

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु - 2017-03-29
पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दोभान-२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए।

PREV 1 2 3 4 5 6 7 8 9




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110232 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top