जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

पहिलो महिला मेयर बनिन कान्तिका - 2017-05-18
जुम्ला, जेठ ४ चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छन्। चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाममा सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन्।

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका परिवारलाई राहतस्वरुप १० लाख प्रदान - 2017-05-17
सप्तरी, जेठ ३ नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ ।

काठमाडौंमा महानगर मेयरको ९५ मत बदर - 2017-05-16
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा आठ सय ६४ मत गणना गर्दा मेयर पदको ९५ मत बदर भएको छ । कांग्रेसका उम्मेद्वार राजुराज जोशी अझै तेस्रो स्थानमा छन् । यो दिउँसो ११.५५ सम्मको तथ्यांक हो । एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले २ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा साझाका किसोर थापाले १ सय ६९ र विवेकशिलका १ सय २० मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिका – २ मा काँग्रेसको प्यानलै विजयी - 2017-05-16
पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ। काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन्।

दोलखामा सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु - 2017-05-14
दोलखा, ३१ बैशाख । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

कुन जिल्लामा कति मत खस्यो? (सूचीसहित) - 2017-05-14
काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानको पछिल्लो अपडेट अनुसार ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ। सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ।

३४ जिल्लामा स्थानीय निर्वाचन आज - 2017-05-14
काठमाडौं, ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान हुँदैछ । विहान ७ बजेबाट मतदान सुरु हुनेछ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार - 2017-05-12
भोजपुर, २९ बैशाख भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110228 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top