जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

आक्रमणबाट गम्भीर घाइते वडा अध्यक्ष कोइरालाको निधन - 2017-08-26
बनेपा, भदौ १० काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो।

नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान जारी - 2017-08-21
काठमाडौं, भदौ ५ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदात भइरहेको छ। काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको महासंघको २५ औं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु - 2017-08-20
४ भदौ, काठमाडौं पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार: प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो ।

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२८ पुग्यो ३३ बेपत्ता, २५ घाइते - 2017-08-17
भदौ १ गृहमन्त्रालयले अविरल वर्षापछि देशका विभिन्न भागको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको बुधवार बेलुकासम्मको विवरण अनुसार बाढीपहिरोका कारण अझै ३३ जना हराइरहेका छन् भने २५ जना घाइते छन्।

सुनसरी, झापा, सप्तरी र मोरङमा १७ को मृत्यु, १५ बेपत्ता - 2017-08-13
साउन २९ अविरल वर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेको प्रहरीले जनाएको छ ।

डा. केसीको सत्याग्रहको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द - 2017-08-11
काठमाडौं, साउन २७ सरकारी चिकित्सक सङ्घ (गोदान)ले अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बन्द गरेको छ।

ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउने प्रवृत्ति परिवर्तन गर्न अख्तियार प्रमुखलाई सांसदको सुझाव - 2017-08-01
साउन १७ संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विगत एक वर्षमा आयोगले गरेका कामको सार सुनाए ।

१० अर्ब ९६ करोड बिगो दाबी गर्दै अख्तियारद्वारा शर्मासहित ३ जनालाई मुद्दा - 2017-07-16
काठमाडौं, साउन १ कर निर्धारणमा अनियमितता गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110234 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top