रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
देश

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर



देश   21 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौं: गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार साँझ मन्त्रालयले गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ । पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृह–प्रवक्ता (सह–सचिव) रामकृष्ण सुवेदीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘मन्त्रालयको आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ, जुन हाम्रो निममित प्रक्रिया नै हो ।’


रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल दाङ सरुवा भएका छन् । दाङका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ भने गोरखा सरुवा भएका छन् ।

 

उप–सचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाहरु अर्घाखाँची र मनाङका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन् । मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यसअधि धनुषाको कामु प्रमुख जिल्ला अधिकारी चलाएका लामिछाने मन्त्रालयमा कार्यरत थिए ।

 

मन्त्रालयले शुक्रवार साँझ हेरेफेर गरेका प्रमुख जिल्ला अधिकारी मध्ये पर्साका लोकनाथ पौडल छोटो समयमा नै परिवर्न गरिएका प्रजिअ हुन् । पौडेललाई गत वैशाखामा पर्सा पठाइएको थियो ।

 

सह–सचिवलाई सरुवा अवधि नलाग्ने हुनाले परिणाममुखी काम नगरेको भन्दै मन्त्रालयले पौडेललाई छोटो समयमा नै परिवतर्न गरेको बताइएको छ ।

 

‘सेकेन्ड क्लास’ अफिसरलाई दुई वर्ष भन्दा कम समयमा प्रमुख जिल्ला अधिकारीबाट सरुवा गर्न नमिल्ने सरुवा नियमावलीमा ब्यवस्था भएपनि मन्त्रालयले १५–१६ महिना मात्र अवधि पूरा गरेका अर्घाखाँची र मनाङको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर - 2018-12-01

काठमाडौं: गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार साँझ मन्त्रालयले गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ । पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने - 2018-11-13

२६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय

छठ पर्वमा दुई दिन बिदा - 2018-11-04

जनकपुरधाम/१८,कार्तिक/ नेपालीहरुको पर्व छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा हुने भएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो । दसैं, दिपावली तथा छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबार आयोजना गरेको शुुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छठ

बृहत्तर जनकपुरका पूर्वअध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा - 2018-11-01

जनकपुरधाम/१५,कार्तिक/ बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन अध्यक्षसहित दशजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। बिहिबार बृहत्तरका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित दशजना विरुद्ध अख्तियारले विशेष अदालत काठमाण्डौंमा मुद्दा दर्ता गरेको हो। रंगभूमि

सुवास निरौलाले भ्रष्टाचार मुद्दामा जेल नबसी पुनरावेदन गर्न पाउने - 2018-10-31

काठमाडौं /१४ कात्तिक/ नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौलाले आफूविरुद्धको भ्रष्टाचार मुद्दाको पुनरावेदन जेल नबसी गर्न पाउने भएका छन् । विशेष अदालतबाट ७ वर्षको कैद सजाय सुनाइएका उनले जेलमा नबसी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गर्न पाउने भएका छन् । भदौ १ देखि लागू भएको मुलुकी फौजदारी

ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा कम्पनी कालोसूचीमा - 2018-10-30

काठमाडौँ /१३,कार्तिक/ सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर काम नगर्ने र निर्माण कार्यमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।गौरव निर्माण सेवाले रौतहट को जुद्ध मावि को छात्राबाश भवन बर्षौ देखि अलपत्र चाहदेका छन् । पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल को

मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन - 2018-09-21

काठमाडौं /०५,असोज/ खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताल लगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ । खानेपानी मन्त्री बिना

संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने - 2018-09-21

काठमाडौं/०६ ,असोज/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा थप छलफल गर्न आवश्यक रहेको भन्दै फिर्ता हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मस्यौदामाथि थप छलफल गर्नु आवश्यक भएको भन्दै उक्त मस्यौदालाई फिर्ता गर्ने तयारी गरेका हुन्।

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ - 2018-06-02

गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित ३ जनालाई शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

कर्मचारीको तलब यथावत - 2018-05-29

काठमाडौं जेठ १५ । सरकारले कर्मचारीको तलबलाई यथावत् राखेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब यथावत रहने जनाएका छन् ।

राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै नेपाली हुन सक्छन्ः मन्त्री पण्डित - 2018-05-29

काठमाडौँ जेठ १५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै सच्चा नेपाली हुन सक्ने बताएका छन्।
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    8     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450999 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top