के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ? /* - - - Script for Auto Navigation - - - */

मनोरञ्जन

समाज सेवी यशोदा थापा ( यशु)को गितान्जली २ सार्बजनिक

सिडी बिक्रीबाट आएको पैसा रौतहटको बाढीपिडितलाइ सहयोग
एजेन्सी /माघ .०६/


यशोदा थापा ( यशु) को गितान्जली २ को एल्बम सार्बजनिक भएको छ l यस भित्र ५ वटा गित रहेको छ l हाल युरोपको बेल्जियम मारहेका थापा बाट रचीत गितहरूमा बिभीन्न कलाकारहरूले स्वर दिई सक्नु भएको छ। जुनु गौतमको

 स्वरमा मरिलानु के छ र ? सर्वजनिक भएको छ ।यशु थापाको शब्द, अनिशा श्रेष्ठको सङ्गीत रहेको ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर….’ सार्वजनिक भएको हो ।अनिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सुरेन्द्र श्रेष्ठको छायाँकन, रामेश्वर जिरेलको सम्पादन गरेको गीतको भिडियोमा जुनु र सुदीपलाई फिचरिङ गरिएको छ।
मेरो सब्दको रचनाका गितहरूको सिडी बेचेको पहिलो कमाई रक्षा नेपाल, दोस्रो , कमाई रौटहटका बाडी पिडीतलाई न्यानो वोड्नी र तेस्रो सहयोग गौरका अपाड्ग बच्चाहरू र बृदलाई न्यानो कपडा सहयोग गर्नको लागी सिडी नलिनु भएका दिदी बहिनी र दाजु भाईहरूलाई सिडी किनेर अपाड्गहरूलाई सहयोग गर्न समाजसेवी थापाले  बिनम्र अनुरोध गर्नु भएको छ l

के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ? - 2017-04-18
काठमाडौँ, ५ बैशाख । चलचित्र ‘राधे’मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् । यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् ।

श्रीमानलाई फिल्म नखेलाएपछि सलमानसँग बहिनी रिसाइन् - 2017-04-18
एजेन्सी बलिउड अभिनेता सलमान खानसँग उनकी बहिनी अर्पिता शर्मा रिसाएकी छिन् । रिसाउनुको कारणले सलमानले उनीलाई दिएको बचन पुरा नगर्नु । समाचारअनुसार अर्पिताका पति आयुष शर्मा एउटा अभिनेताका रुपमा बलिउडमा डेब्यू गर्न चाहन्छन् । सलमानले उनलाई आफ्नो प्रोडक्सनको कुनै फिल्ममा लन्च गर्ने बचन दिएका थिए । तर अहिलेसम्म गरेनन् । त्यसैले अर्पिताको पारो तात्न थालेको हो ।

रातभर युवतीसँग कपिलको डान्स - 2017-03-30
१७ चैत । भारतको चर्चित टेलिभिजन च्यानल सोनीबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’ नामक कमेडी कार्यक्रम अहिले विवादमा छ । यसका संचालक कपिल शर्मा र कार्यक्रमका अर्का कलाकार सुनिल ग्रोवरसँग भएको विवाद अझै मिलिसकेको छैन ।

‘हामी आँखाले देख्न सक्नेहरूचाहिँ वास्तवमा अन्धा हुन्छौँ,’ - हृतिक - 2017-03-29
एजेन्सी, १२ माघ । बलिउड अभिनेता हृतिक रोशन आउँदो फिल्ममा दृष्टिविहीनका रूपमा देखिँदै छन् । त्यो भूमिकाले उनलाई साँच्चैका दृष्टिविहीनहरूको क्षमताप्रति गम्भीर र अचम्मित बनाइदिएको छ ।

तेरिया ‘झलक दिखला जा’को उपाधि नजिक - 2017-03-29
एजेन्सी, २४ पुस । २०७३- सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।

बलिउडका चर्चित अभिनेता ओम पुरीकाे निधन - 2017-03-29
एजेन्सी, २२ पुस । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । बलिउडसँगै हलिउड फिल्ममा पनि अभियन गरेका पुरीको हृदयघातका कारण शुक्रबार विहान निधन भएको भारतको समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

PREV 1 2




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868424 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top