पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

मतदान शुरु हुन अव ३० मिनट मात्रै बाँकि - 2017-12-07
गौर/२१,मंशिर दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान शुरु हुन अब ३० मिनट मात्रै बाँकि छ । निर्वाचनका लागी रौतहट मा सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान

बामका भगत र भिखारी यादवलाई जिताउन मेधशी जनता आतुर - 2017-12-06
जितेन्द्र कुमार । रौतहट, २० मंसिर रौतहट सदरमुकाम गौर स्थित विकासका ठुला ठुला पुर्वाधारहरु २५ वर्ष देश चलाउने जिम्मा पाएको नेपाली काग्रेसले नगरेको प्रत्यक्ष देखन सकिन्छ, पछिलो पटक बनेको एमाले र माओवादी सरकारले नै रौतहट सदरमुकामलाई नै महेन्द्र राजमार्ग संग जोडने ४२ किलोमिटर सडक कालोपत्रे सुरुवात भएको हो ।

मतदाता रिझाउन कृष्णा यादव कुखुरा, दारु र पैसा वितरण गर्दै, प्रशासन मुक दर्शक - 2017-12-06
जितेन्द्र कुमार । रौतहट, २० मंसिर रौतहट जिल्ला क्षेत्र नं.१ मा मतदाता राजपा नेपाल तिर आकर्षित भएपछि नेपाली काग्रेस का उम्मेदवार कृष्णा यादव मतदातालाई कुखुरा, मदिरा तथा नगद रुपैया बाडदै गरेको आरोप लागेको छ । हिजो मात्रै गढी माई नगरपालिका–६ धरमपुरमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएकोछ ।

म भाग्दीन् मधेस विरोधीलाई भगाउछु, जनकपुरमा मधेस भवन बनाउछु - महतो - 2017-12-04
जनकपुर, मंसिर १८ आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन अन्त्य र विधिको शासन सुरुवात गर्ने दाबी गरे ।

२ नं. प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ - यादव - 2017-12-04
राजविराज, मंसिर १८ उम्मेदवारी दर्ता गराएदेखि नै दवाबमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुन्य समयको अघिल्लो दिन प्रसन्न मुद्रामा देखिए ।

प्रधानमन्त्री बसेको होटल नजिकै भेटिएको बम सेनाद्धारा निस्कृय - 2017-12-04
धनगढी, मंसिर १८ प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेलको नजिकै फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ। विगत तीन दिनदेखि प्रधानमन्त्री देउवाले आफ्नो रात्रिमुकाम बनाएको धनगढीस्थित होटल डिभोटी भन्दा लगभग ४ सय मिटरको दुरीमा अवस्थित सुकटी नालाको पुलमा अज्ञात समूहले राखेको बम भेटिएको थियो।

आज राती १२ बजेबाट दोस्रो चरण निर्वाचनका लागि मौन अवधि सुरु हुने - 2017-12-04
मंसिर १८ प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन्

‘चुनाव भाँड्न नसकेपछि बम आतंक’ - अध्यक्ष ओली - 2017-12-03
काठमाडौँ १७ मंसिर -एमाले अध्यक्ष केपी ओलीले निर्वाचन भाँड्न नसकेपछि बम आतंक मच्चाइएको आरोप लगाएका छन् । उम्मेदवारलक्षित शृंखलाबद्ध बम विस्फोटका घटना निर्वाचनविरोधी तत्त्वले मतदाता त्रसित बनाउन मात्र गराएको उनले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865712 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top