पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

राष्ट्रिय सभाको ३२ सदस्यका लागि आज निर्वाचन हुँदै - 2018-02-07
काठमाडौं माघ २४ गणतन्त्र स्थापना पछि पहिलो पटक राष्ट्रिय सभाको निर्वाचन आज हुँदैछ। निर्वाचित हुने ५६ मध्ये राष्ट्रिय सभाका ३२ सदस्यका लागि आज निर्वाचन हुन लागेको हो। बाँकी २४ सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश संसद्मा हिन्दीमा सम्बोधन गरेको भन्दै जनकपुरमा सांसदहरूको पुत्ला दहन - 2018-02-07
जनकपुर, माघ २४ प्रदेश नम्बर २ को माघ २१ गते सम्पन्न पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन्।

राष्ट्रिय सभाको मतदान सुरु - 2018-02-07
काठमाडौं माघ २४ राष्ट्रिय सभा सदस्य चयनका लागि ६ प्रदेशका १२ मतदान केन्द्रमा मतदान बिहान १० बजेदेखि मतदान सुरु भएको छ। निर्वाचित हुनुपर्ने ५६ पदमध्ये २४ जना निर्विरोध भइसकेकाले ३२ पदका लागि निर्वाचन सुरू भएको हो। चुनाब हुने ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा - 2018-02-06
माघ २३ निर्वाचन आयोगले राष्ट्रिय चुनाबको सबै तयारी पूरा गरेको छ। मंगलबार मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्ता डा. अयोधिप्रसाद यादवले बुधबार बिहान १० देखि १ बजेसम्म निर्वाचन हुने जानकारी दिए।

प्रदेश–२ मा मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक - 2018-02-06
काठमाडौं माघ २३ राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै छ। राजपा महामन्त्री केशव झाले बैठक जनकपुरमा जारी रहेको जनाए।

प्रदेश दुई काँग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत - 2018-02-06
माघ २२ नेपाली काँग्रेस प्रदेश दुई संसदीय दलको नेतामा रामसरोज यादव सर्वसम्मत चयन भएका छन्। केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थितिमा जनकपुरमा बसेको काँग्रेस प्रदेश २ संसदीय दलकाे बैठकले यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता छानेको हो।

प्रदेशलाई प्रशासनिक खर्च कम गर्न पूर्वअर्थमन्त्री महतको सल्लाह - 2018-02-05
विराटनगर माघ २१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने बताएका छन्।

प्रदेश दुई : प्रदेश सभा पहिलो बैठकमै हंगामा - 2018-02-05
जनकपुर माघ २१ प्रदेश दुईको प्रदेश सभा पहिलो बैठकमा राजापा सांसदहरुले हंगामा गरेका छन्। संसद बैठकस्थलमा मधेस आन्दोलनका सहीदको तस्विर माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111058 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top