पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

सर्लाही २ बाट राजपाका महेन्द्र राय निर्वाचित - 2017-12-11
मंसिर २५ राजपाका नेता महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यादवले कांग्रेसका जंगिलाल रायलाई पराजित गरेका हुन्। महेन्द्र रायले २९ हजार १ सय ९१ मत प्राप्त गरेका छन् भने जंगिलालले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।

राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४ बाट निर्वाचित - 2017-12-11
वीरगञ्ज मंसिर २५ दुवै संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद बनेका राजपाका नेता लक्ष्मणलाल कर्ण पर्सा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनले कांग्रेसका रमेश रिजाललाई पराजित गर्दै जीत हात पारेका हुन्।

वाम उम्मेदवारलाई हराउँदै सिरहा १ बाट प्रदिप गिरि विजयी - 2017-12-11
लहान मंसिर २५ सिरहा १ बाट नेपाली कांग्रेसका नेता प्रदिप गिरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले एमालेका गंगाप्रसाद यादवलाई २५ सय मतको अन्तरले पराजित गरे।

रौतहट क्षेत्र नम्बर ०१ मा अनिल झा को जित संगै नेपाली कांगेसका आफ्ताब आलम तथा बाम गठबन्धन का प्रभु साह को पनि विजय - 2017-12-10
गौर/मंशिर २४ / रौतहट क्षेत्र नम्बर ०१ मा राजपा नेपाल का अध्यक्ष मण्डल सदस्य तथा पुर्ब उद्योग मन्त्रि अनिल कुमार झा भारि मत ले बिजयी हुनु भएको छ l जनता को सेवक को रूपमा रहनु भएका झा नेपाली कांग्रेशका नेता एबम जिल्ला अध्यक्ष कृष्णा यादव लाइ

आफताव आलम १८ ह्जार ८ सय ३३ मत लियाई विजय - 2017-12-10
रौतहट, २४ मंसिर रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभामा नेपाली काग्रेसका मो आफताव आलम १८ ह्जार ८ सय ३३ मत लियाई करिव १ हजार ९ सय ६८ मतले विजय हुनु भएको छ । निकटत्म प्रतिद्वाण्दी संघिय समाजवादी फोरम नेपालका किरण कुमार साहले १६ हजार ८ सय ६५ मत लियाई दोश्रो स्थानमा रहेको छ ।

योगेन्द्र यादव ८ हजार ९ सय ५७ मत लियाई विजय - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं.१ को प्रदेश सभा खबाट संंघिय समाजवादी फोरम नेपालका योगेन्द्र राय यादवले ८ हजार ९ सय ५७ मत लियाई २ सय ७८ मतिले विजय हुने भएको छ । निकटत्म प्रतिद्वाण्दी नेपाली काग्रेसका राजेश कुमार चौधरीले ८ हजार ६ सय ७९ मत लियाई दोश्रो स्थानमा रहेको छ ।

रौतहट क्षेत्र नं. १ बाट राजपाको मधेश के लाल बाबुलाल साह - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं. १को प्रदेश सभा 'क'बाट राष्ट्रिय जनता पार्टीका बाबुलाल साह कानु १० हजार ५ सय २४ मत लियाई ३ हजार ३ सय १४ मतिले विजय हुने भएको छ । निकटत्म प्रतिद्वाण्दी नेकपा एमालेका भिखारी प्रसाद यादव ७ हजार २ सय १० मत लियाई दोश्रो स्थानमा रहेको छ ।

रौतहट क्षेत्र नं. २ बाट किशोरी यादव विजयी - 2017-12-10
रौतहट, २३ मंसिर रौतहट क्षेत्र नं. २ प्रदेश सभा २ को ख बाट संधिय समाजवादी फोरम नेपालका उम्मेदवार राम किशोर यादवले विजय हासिल गरेका छन् । यादवले ९५२२ मत ल्याइ विजयी हासिल गरे । उनको प्रतिद्धन्द्धी बामका मनोज कुमार ७९६६ मत ल्याएर पराजित भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865715 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top