पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।
‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’
प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।
कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस
राजपामा हाबी हुँदै राजेन्द्र महताे - 2018-04-10 गत वैशाख मधेसका ६ वटा दल मिलेर बनेकाे याे पार्टीमा संसदीय दलकाे नेता काे हुने भन्ने विषय पेचिलाे बन्दै गएकाे छ। संसदीय दलकाे नेताका लागि अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोकाे नाम चर्चामा छ। संसदीय दलकाे नेता चयन प्रक्रियामा नेताहरू दुर्इधारमा विभाजित देखिएका छन्। |
|||||||||
कर्मचारी आवश्यकताका कारण स्वेच्छिक अवकाश प्रक्रिया स्थगनः मन्त्री पण्डित - 2018-04-10 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्। |
|||||||||
काठमाडौं–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने - 2018-04-10 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताएका छन्। |
|||||||||
माथिको निर्देशन नआएको भन्दै कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया रोकियो - 2018-04-09 सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ। स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए। |
|||||||||
धनुषाको लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत - 2018-04-09 धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो। |
|||||||||
भारत भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै - 2018-04-08 प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने भ्रमण सकेर आज(आइतबार) राति स्वदेश फर्कँदै छन्। गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यतालिका अनुसार आज राति स्वदेश फर्कन लागेका हुन् । |
|||||||||
प्रदेश नं. २ अरु प्रदेश भन्द सम्बृद्ध प्रदेश हुन्छ - लालबाबु राउत - 2018-04-07 रौतहट २४ चैत्र । प्रदेशनम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सम्बृद्ध प्रदेश बन्न बाट अब कसैले रोक्न नसक्ने बताउनु भएको छ । |
|||||||||
स्वतन्त्र सासंद कलाम फोरममा प्रवेश - 2018-04-07 रौतहटको गढिमाई नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ ’ख’ बाट प्रदेश सभा सदस्यमा निर्वा्चित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT |