पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

सुनसरी ३ मा भगवती चौधरीको अग्रता कायमै, गच्छदारभन्दा १६४ मतले अगाडि - 2017-12-12
सुनसरी मंसिर २६ विवादका कारण सोमबारदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ मा मत गणना सुरु भएको छ। मत गणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार भगवती चौधरीले मतअन्तर क्रमशः फराकिलो बनाउँदै लगेकी छन्।

सर्लाही ४ मा राजपाका राकेशभन्दा अमरेश १२ सय मतले अगाडि - 2017-12-12
सर्लाही मंसिर २६ सर्लाही ४ को प्रतिनिधिसभा सिटको जारी मतगणनामा नेपाली कांग्रेसका अमरेशकुमार सिंहले १२०८ मतको अग्रता लिएका छन्। अग्रतासँगै उनी विजयउन्मुख भएका छन्। पछिल्लो विवरणअनुसार उनले २५०१६ मत ल्याएका छन्। अमरेशलाई पच्छ्याइरहेका राजपाका उम्मेदवार राकेशकुमार मिश्रल २३८०७ मत प्राप्त गरेका छन्।

देउवाले सभापति पद नछोडे हस्तक्षेप गर्छु भन्ने अधिकार गगनलाई छैनः खाँड - 2017-12-12
काठमाडौँ मंसिर २६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले तत्काल पार्टी नेतृत्व परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले चाहे आफैँ संसदीय दलको नेता बन्नसक्ने पनि बताए। ‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन,’ खाँडले भने, ‘पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनिछैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ।’

सुनसरी ३ मा मतगणना अगाडि बढाउन आयोगको निर्देशन, एमाले कार्यकर्ताको अवरोध - 2017-12-12
सुनसरी मंसिर २६ मत गणनाका क्रममा संकास्पद गतिविधि भएको भन्दै एमालेको अवरोधका कारण रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझै सुरु हुन सकेको छैन। विवादका कारण सोमबार बेलुकादेखि रोकिएकको मतगणना कार्य अझै अगाडि नबढेको हो। मत गणना कार्य रोकिएपछि निर्वाचन आयोगले गणना अगाडि बढाउन निर्देशन दिए पनि एमालेका कार्यकर्ताहरुले निरन्तर रुपमा अवरोध गर्दै आइरहेका छन्।

वाम गठबन्धनले क्लीनस्वीप गरेको बागलुङमा समानुपातिकतर्फ कांग्रेस पहिलो - 2017-12-12
बागलुङ मंसिर २६ प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली कांग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ। प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ। कांगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा एमालेले ३० हजार ६३५ ल्याएका छन्।

राजपा त्यागेर सूर्य चिन्हमा लडेका हृदयेश पाँचौ पटक निर्वाचित - 2017-12-11
मंसिर २५ नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को क्षेत्र नम्बर १ मा हृदयेश त्रिपाठी विजयी भएका छन्। राजपा परित्याग गरी स्वतन्त्र राजनीतिक समूह गठन गरेका उनले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए। त्रिपाठीले नेपाली कांग्रेसका देवकरण कलवारलाई ५ हजार मतको अन्तरमा पराजित गरेका हुन्। त्रिपाठीको ३८ हजार ५ सय ९२ मत आएको छ। कलवारले ३३ हजार ५ सय ९१ मत ल्याएका छन्।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १८ हजार मतान्तरले विजयी - 2017-12-11
मंसिर २५ राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले भन्दा तीन गुणा मत प्राप्त गरे। ठाकुरले १८३२९ मत प्राप्त गरे भने चौधरीले ८६७६ मत प्राप्त गरे।

राजपाका राजकिशोर यादवसँग पूर्व कानुन मन्त्री नायक पराजित - 2017-12-11
मंसिर २५ सिरहा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादव विजयी भएका छन्। यादव वाम गठबन्धनका उम्मेदवार तथा पूर्व कानुन मन्त्री अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतान्तरले हराउँदै विजयी बनेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865752 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top