पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा

माघ ९


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ। महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० बिघा जमिन मिचेको छ। दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ। ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए।

ओलीले भनेः जनयुद्धबारे मेरा अभिव्यक्ति मुलुकलाई घाटा नलाग्ने मुर्ख टिप्पणी - 2017-12-18
काठमाडौ पुस ३ एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धबारे विगतका आफ्ना भनाईहरुलाई मुर्ख टिप्पणी भनेका छन्। माओवादी केन्द्र सम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेताहरुसँगको भेटमा ओलीले जनयुद्धबारेका आफ्ना पूर्व अभिव्यक्तिलाई मुर्ख टिप्पणी करार गरेका हुन्।

ओली र दाहालले भनेः ‘पार्टी एकताको समय भैसकेको छैन’ - 2017-12-17
काठमाडौं पुस २ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताभन्दा तत्काललाई सरकार गठनमा जोड दिएका छन्। दरवारमार्ग स्थित होटल अन्नपूर्णमा वाम गठबन्धनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकता तत्काल प्राथमिकतामा नपरेको संकेत दुवै नेताले गरेका छन्।

देउवलाई नेम्वाङको आग्रह, जनादेशको सम्मान गरेर सरकार निर्माणको मार्गप्रशस्त गर्नुहोस् - 2017-12-17
दमक पुस २ नेकपा एमालेका नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

पार्टी एकताबारे आज नयाँ घोषणा गर्दै ओली र प्रचण्ड - 2017-12-17
काठमाडौं पुस २ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीचको एकताबारे आइतबार अपरान्ह नयाँ घोषणा गर्ने भएका छन्। पार्टी एकतापछि पनि सबै कार्यकारी नेतृत्व एमाले अध्यक्ष ओलीले पाउने भन्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले एकताबारे सिर्जना भएको संसय चिर्न प्रचण्ड–ओलीले नयाँ घोषणा गर्न लागेका हुन्।

पहाडमा बाहुन सरकार, मधेशमा यादवको सरकार - 2017-12-16
पुस १ दलगत रुपमा वामगठबन्धनको पक्षमा आएको निर्वाचन परिणाम जातिगत रुपमा भने संविधानले व्याख्या गरेको खस–आर्य समुदायको पक्षमा देखिएको छ। १६५ जना रहेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र जम्मा ३२० जना रहेको ७ वटा प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित सदस्यहरूको जातीय विश्लेषणले पहाडमा खास–आर्य र मधेशमा यादवको सरकार रहेको देखाएको छ।

अब पार्टी एकताको कुनै विकल्प छैनः प्रचण्ड - 2017-12-16
काठमाडौं पुस १ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुनै विकल्प नरहेको बताएका छन्।

कमल थापाले भने: राजेन्द्र लिङ्देनलार्इ बधार्इ दिँदा शिर ठाडो भयो - 2017-12-16
काठमाडौं पुस १ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका महामन्त्री तथा एवं झापा- ३ बाट प्रतिनिधिसभा निर्वाचन विजेता राजेन्द्र लिङ्देनलार्इ बधार्इ दिँदा शिर ठाडो भएको बताएका छन्।

अर्को निर्वाचनमा कांग्रेस पत्तासाफ हुन्छः महतो - 2017-12-15
जनकपुर मंसिर २९ राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य एवं धनुष क्षेत्र नम्बर ३ बबाट निर्वाचित सांसद राजेन्द्र महतोले मधेसी जनतामाथि कांग्रेसले डर र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868354 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top