पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

ओलीले बालुवाटारमा भने : बरु प्रधानमन्त्री ढिलै बनुँला, तर अध्यादेश स्वीकृत गर्न दिन्नँ - 2017-12-22
काठमाडौँ पुस ७ प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासमा बोलाएको राष्ट्रिय पार्टीहरुको बैठक सकिएपछि जब नेताहरु उठ्ने तयारी गर्दै थिए, विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ?’

अध्यादेशमा कुरा नमिल्दा बालुवाटार बैठक निष्कर्षविहीन - 2017-12-22
काठमाडौँ पुस ७ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको पाँच दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि कुनै सहमति जुट्न नसकेको हो।

प्रधानमन्त्री कुर्सी छोड्ने उपयुक्त समयको प्रतीक्षामा हुनुहुन्छ: सिँचाइ मन्त्री - 2017-12-22
काठमाडौँ पुस ७ सिँचाइमन्त्री सञ्जय गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त समय आएपछि सरकार छोड्ने बताएका छन्। उनले अब कांग्रेसले जनमतको सम्मान गर्दै प्रतिपक्षमा बस्नुपर्ने तर्क पनि गरे।

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा बस्दै - 2017-12-22
काठमाडौं पुस ७ राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ।

बालुवाटारमा ओली, देउवा र प्रचण्डको भेटवार्ता हुँदै - 2017-12-22
काठमाडौँ, पुस ७ राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच जारी विवादले राजनीति गतिहिन भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बोलाएका छन्।

देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः निधि - 2017-12-21
जनकपुर पुस ६ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको बताएका छन्। जनकपुरमा बिहीबार प्रजातन्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा आयोजित सभामा नेता निधिे चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताएका छन्।

२ नम्बर प्रदेशको राजधानी सर्लाहीमा - 2017-12-21
६ पुस प्रदेश दुईको राजधानी वीरगन्जमा बनाउन स्थानीयवासीले दबाब बनाइरहँदा प्रादेशिक राजधानी जनकपुरमा राख्न लबिङ भइरहेको छ । यस्तोमा प्रादेशिक राजधानीलाई विवादको विषय बन्न नदिन नयाँ ठाउँलाई प्रादेशिक राजधानीका रूपमा विकसित गर्नुपर्ने विचार बुद्धिजीवीहरूले व्यक्त गरिरहेका छन् ।

४० लाख मजदूरले देशमै रोजगारी पाएपछि मात्रै हाम्रो विजयको औचित्य पुष्टि हुन्छ - 2017-12-20
काठमाडौँ पुस ५ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचनमा वामगठबन्धनको विजय गठबन्धनका लागि मात्रै नभएर पार्टी एकताकै जनादेश भएको बताएका छन्। राष्ट्रिय सभागृहमा निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता हुनै पर्ने तर्क गरे।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865751 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top