पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

नयाँ संशोधन प्रस्तावको विरोध गर्दै मोर्चाद्वारा संसद बैठक बहिष्कार - 2017-04-11
काठमाडौँ, चैत २९ । सरकारले सोमबार दर्ता गराएको संशोधन नयाँ प्रस्तावको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन्। मंगलबार दिउँसो बसेको संसदको बैठकमा बोल्दै तमलोपाका नेता तथा सांसद कबल अहम्मद शाहले सीमांकनविनाको संशोधन प्रस्ताव स्वीकार्य नहुने भन्दै सीमांकनसहित संशोधन प्रस्ताव नआएसम्म संसद बैठक बहिष्कार गर्ने बताए।

स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुन्छः प्रधानमन्त्री - 2017-04-11
काठमाडौँ, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले जनतालाई अधिकारसम्पन्न बनाउने बताएका छन्।चन्द्रागिरि नगरपालिकाको आयोजनामा पहिलो पटक भएको चन्द्रागिरि महोत्सवको मंगलबार शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुने हुँदा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरे।

निर्वाचनमा सेना प्रयोग गरिँदैनः आयुक्त दाहाल - 2017-04-11
विराटनगर, चैत २९ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकारसँगको भेटघाटमा बोल्दै आयुक्त दाहालले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए।

संसदीय समितिको निष्कर्षः भरपर्दो सुरक्षा व्यवस्था गर्न नसक्दा सप्तरी घटना - 2017-04-09
काठमाडौँ, चैत २७ । सरकारले उचित किसिमको सुरक्षा व्यवस्थापन गर्न नसकेका कारण सप्तरीमा पाँच जनाको ज्यान जाने गरी घटना घटेको निष्कर्ष संसदीय समितिले निकालेको छ। संसदको सप्तरी घटनाका सम्बन्धमा स्थलगत अध्ययण गरी सुझाव पेश गर्न गठित सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारले उचित र भरपर्दो सुरक्ष व्यवस्था नमिलाएका कारण सर्वसाधरणले ज्यान गुमाउनु परेको थियो ।

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा १८ जना नियन्त्रणमा - 2017-04-08
लहान, चैत २६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच लहानमा झडप भएको छ । झडपका क्रममा प्रहरीले मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादल यादव, नेता नवीन यादवसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप-महासचिवबीच भेटवार्ता - 2017-04-08
काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव ग्रेडा भेरबगबीच शनिबार भेटवार्ता भएको छ।

वरियता विवादले मन्त्रिपरिषदको बैठक फेरि सारियो - 2017-04-06
काठमाडौँ, चैत २४ । उपप्रधानमन्त्रीमा देखिएको वरियता विवाद सुल्झन नसक्दा आज बिहिबार बस्ने नियमति मन्त्रिपरिषद्को बैठक बस्न सकेन। उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीचको बरिष्ठ भन्ने विवादको टुंगो लगाउन गरिएका प्रयासहरु निष्फल भएपछि बैठक आइतबारसम्मका लागि सारिएको छ।

संविधान संशोधनबारे सत्तारुढ दल र मोर्चाबीच बैठक - 2017-03-31
काठमाण्डौं, चैत १८ । संविधान संशोधनको विषयमा शुक्रबार दिउँसो नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच वार्ता हुने भएको छ। मोर्चाका शीर्ष नेताहरुलाई छलफलको लागि प्रधानमन्त्रीले शुक्रबार ३.३० बजे बालुवाटार निवासमा आमन्त्रण गरेको उनको निजी सचिवालयले जनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865720 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top