पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही हुन्छः निर्वाचन आयुक्त - 2017-05-03
काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने बताएका छन्। बुधबार नेपाल नेत्रहीन संघले काठमाडौँमा आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचनको प्रचारप्रसार गर्दा अरुको मर्यादाको ख्याल गर्नु पर्ने बताए।

प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु - 2017-05-02
काठमाडौँ १९ बैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन यादवको माग - 2017-05-01
काठमाडौं, १८ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग तत्काल फिर्ता लिन माग गरेका छन् ।

काँग्रेस नेताहरुको एकै स्वरः कार्कीले हस्तक्षेप गरिन्, त्यसैले महाअभियोग - 2017-05-01
काठमाडौं, १८ बैशाख । नेपाली काँग्रेसका नेताहरुले प्रधानन्यायाधीश कार्कीले शक्तिपृथकीकरणको सिद्धान्त विपरित सीमा रेखा नाघेर कार्यकारीको अधिकारमा हस्तक्षेप गरेका कारण महाभियोग लगाउनु परेको तर्क गरेका छन्। काग्रेस पार्टी कार्यालय सानेपामा सोमवार चुनाव तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा मन्त्री रमेश लेखकले प्रधानन्यायाधीश कार्कीले भने, ‘कार्यकारीको अधिकारमाथी पटक पटक अतिक्रमण गरेकोले महाभियोग लगाउनु परेको हो।’

महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्णः उपप्रधानमन्त्री थापा - 2017-04-30
काठमाडौं, १७ बैशाख । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन्। आइतबार दिउँसो सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको केही समयमै सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपालको न्यायिक इतिहासमै पहिलो महाअभियोग सुशीला कार्कीलाई - 2017-04-30
काठमाडौं, १७ बैशाख । नेपालको न्यायिक इतिहासमै पहिलोपटक प्रधानन्याधिसमाथि महाअभियोग लगाइएको छ। आइतबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक तिहाइ सभासदले प्रधानन्याधिस सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

सरकार चुनाव हुन नदिने षड्यन्त्रमाः ओली - 2017-04-27
काठमाडौँ, १४ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव भाँड्न लागिपरेको दाबी गरेका छन्। उनले डिआइजी नवराज सिलवालबारे टिप्पणी गर्दै सरकारले नै किर्ते गरेको आरोप लगाए। पार्टीको राष्ट्रिय प्रचार भेलामा सम्बोधन गर्दै ओलीले संविधान संशोधन, स्थानीय तह थप गर्ने लगायतका बहानामा सरकार चुनाव हुन नदिन लागिपरेको बताए।

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चुनावी मोर्चाबन्दी - 2017-04-25
काठमाडौं, १२ बैशाख । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम स्थानीय निर्वाचनको लागि आपसी मोर्चावन्दीमा सहमत भएका छन्। लामो समयदेखिको एकता प्रक्रिया टुङ्गो लाग्न नसकेपछि दुई दलबीच चुनावी मोर्चावन्दी हुने भएको हो। मोर्चावन्दीपछि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी उपेन्द्र यादवको संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर चुनावी मैदानमा पुग्नेछ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865713 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top