पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्न नयाँ शक्तिको पनि माग - 2017-05-09
काठमाडौँ, २६ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि संविधान अनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै आएको छ ।

सपथ खाँदै गच्छदारले भने, ‘राजनीतिक संक्रमणका बेला मुलुकले मलाई सम्झिएको हो’ - 2017-05-09
काठमाडौँ, २६ बैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा सोमबार साँझ पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’

अनुगमनकर्तालाई प्रमुख आयुक्तको निर्देशनः कसैप्रति पूर्वाग्रह नराखी काम गर्नुहोस् - 2017-05-07
काठमाडौं, २४ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आइतबार काठमाडौँमा आयोजित प्रशिक्षणमा प्रमुख आयुक्त यादवले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रुपमा काम गर्न सुझाव दिए।

सुशीला कार्की सर्वोच्च फर्केर न्यायाधीसलाई इजलास तोकिन् - 2017-05-07
काठमाडौं, २४ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालतको नियमित काममा फर्किएकी छन्। सर्वोच्चले शुक्रबार महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन्।

उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश - 2017-05-06
काठमाडौं, वैशाख २२ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रौतहट उद्योग वाणिज्य संघका कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवलगायत रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जिम्मेवारी बोध गरी राजीनामा फिर्ता गरेँः उपप्रधानमन्त्री निधि - 2017-05-04
काठमाडौं, २१ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकता र जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन्।

संविधान संशोधन र महाभियोगबारे शीर्ष नेताबीच छलफल - 2017-05-04
काठमाडौं, २१ बैशाख । तीन ठूला दलका प्रमुख नेताहरु संविधान संशोधन र प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावबारे छलफल गर्ने सिंहदरबारमा बैठकमा जुटेका छन्। संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपालखबरलाई बताए।

आजदेखि आचारसंहिता अनुगमन टोली फिल्डमा - 2017-05-03
काठमाडौँ, २० बैशाख । निर्वाचन आयोगले आचारसंहिता अनुगमनको लागि आज बुधबारदेखि उच्चस्तरीय टोली परिचालन गर्दैछ। पहिलो चरणमा हुने ३४ जिल्लाको स्थानीय चुनाव अनुगमनका टोली स्थलगत पुग्दैछन्। अनुगमन टोलीलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्मका अधिकार दिइएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865711 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top