पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

८० वर्षीय वयोवृद्ध नेता वडाध्यक्षमा निर्वाचित ! - 2017-05-16
चौतारा, २ जेठ । राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उक्तिलाई सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले चरितार्थ गरिदिएका छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

कांग्रेस र एमालेले १४ ल्याउँदा रञ्जुको १० मत - 2017-05-15
काठमाडौं, जेठ १ बिवेकशील नेपालीको तर्फबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले १० मत प्राप्त गरेकी छन् भने साझा पार्टीको तर्फबाट मेयरका उम्मेदवार किशोर थापाले १ मत ल्याएर खाता खोलेका छन् काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन्।

मनाङको नेस्याङमा एमाले विजयी - 2017-05-15
मनाङ, १ जेठ । मनाङको नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा एमालकै मिङ्खु गुरुङ विजयी भए । नेपालीले अधिकांश वडामा एमाले विजयी भएको बताए । घलेले ६२७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत पाए ।

पूर्वराजपरिवार मतदानमा सहभागी नहुने - 2017-05-14
काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनमा पूर्वराजपरिवारका सदस्यले मतदान नगर्ने भएका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित अन्य सदस्यहरुले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने पूर्वराजपरिवार निकट एक स्रोतले बतायो। हालसम्म पूर्व राजपरिवारका सदस्यहरुले नागरिकको हैसियतमा मतदान गरेको इतिहास छैन।

फेसबुकले नेपाली प्रयोगकर्तालाई दियो चुनावको ‘नोटिफिकेशन’ - 2017-05-14
काठमाडौं, ३१ बैशाख । सामाजिक सञ्जाल फेसबुकले नेपालमा आज भइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपालका प्रयोगकर्तालाई मत हाल्न प्रेरित गरेको छ । उसले मतदानमा प्रयोगकर्ताले भोट गरेको जानकारी दिन मिल्ने गरी ‘सेयर यु भोटेड’ को अप्सनसहितको स्टाटस बार राखेको छ ।

भोट हाल्न टेम्पोमा महाराजगन्ज पुगिन् रञ्जु दर्शना - 2017-05-14
काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगर प्रमुखकी उम्मेदवार रञ्जु दर्शना भोट हाल्न टेम्पो चढेर महाराजगञ्स्थित मतदान केन्द्र पुगेकी छन्। निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान गर्न दिन पासको व्यवस्था गरेअनुरुप उनले टेम्पोका लागि लिएकी हुन्।

२० वर्षपछि स्थानीय निकायका लागि मतदान सुरु - 2017-05-14
काठमाडौं, ३१ बैशाख । नयाँ संघीय संरचना अनुसार तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तह चयनका लागि आज निर्वाचन हुँदैछ। २० वर्षपछि स्थानीय प्रतिनिधि चयन गर्न अहिले मतदान सुरु हुनै लागेको छ। काठमाडौँका मतदान केन्द्रहरूमा निर्वाचन सञ्चालन गर्ने कर्मचारीहरू बिहान ६ बजेदेखि नै खटिएका छन्।

२० वर्षपछि स्थानीय निकायका लागि मतदान सुरु - 2017-05-14
काठमाडौं, ३१ बैशाख । नयाँ संघीय संरचना अनुसार तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तह चयनका लागि आज निर्वाचन हुँदैछ। २० वर्षपछि स्थानीय प्रतिनिधि चयन गर्न अहिले मतदान सुरु हुनै लागेको छ। काठमाडौँका मतदान केन्द्रहरूमा निर्वाचन सञ्चालन गर्ने कर्मचारीहरू बिहान ६ बजेदेखि नै खटिएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865733 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top