पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

देउवाजीले नैतिकता देखाउन सक्नुभएनः नेपाल - 2017-12-25
काठमाडौँ पुस १० नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले जनमतको सम्मान गर्दै तत्काल राजीनामा दिनु पर्ने बताएका छन्। वाम गठबन्धनले काठमाडौँको थलीमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री देउवाले राजीनामा गर्नुको साटो राष्ट्रियसभा सम्बन्धी बखेडा झिकेको आरोप लगाए।

५० जिल्लाका जनप्रतिनिधिले मात्र पेश गरे सम्पत्ति विवरण - 2017-12-24
पुस ९ दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्। शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका हुन्।

माधव नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित - 2017-12-24
काठमाडौ पुस ९ पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाचौं साधारणसभाले बरिष्ठ नेता नेपाललाई पुन अध्यक्ष निर्वाचित गरेको हो।

एकतामा जटिलता छन्, तर पछि फर्कने बिकल्प छैन - प्रचण्ड - 2017-12-24
भरतपुर पुस ९ पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको दावी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। यसैगरी राष्ट्रिय सभामा कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुने जानकारी पनि उनले बताएका छन्।

संविधान संशोधन नभए सडक आन्दोलन हुन्छ: महतो - 2017-12-24
राजविराज पुस ८ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जात पातको राजनिति मधेशमा टिकदैन् - महतो - 2017-12-23
८ पुस राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जात पातको राजनिति मधेशमा टिकदैन् बताएका छन् । उनले मधेशमा जनसंख्याको हिसाबमा दोस्रो स्थानमा रहेको मुस्लिम समुदायलाई वाईपास गर्न नसक्ने बताए ।

सीमा वार्ता गर्न दिल्ली पुगेका चिनियाँ स्टेट काउन्सिलर र मोदीबीच भेट - 2017-12-22
एजेन्सी, पुस ७ चीनका स्टेट काउन्सिलर याङ जेइचीले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। यसअघि दोक्लमसहितका सीमा मुद्दामा उनले मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग वार्ता गरेका थिए।

मोदीले छिटो नयाँ सरकार गठन होस् भनेका छन्ः प्रचण्ड - 2017-12-22
भरतपुर पुस ७ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनपछि नेपालमा नयाँ सरकार गठन छिटो हुनुपर्ने बताएको खुलाशा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय पार्टीहरुको बैठक सकिएलगत्तै गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा यो कुराको खुलाशा गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865739 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top