पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

अँध्यारो कोठामा गरिएको वाचा-कबुल पूरा गर्न संविधान संशोधन हुँदैन : एमाले - 2017-05-23
काठमाडौं, जेठ ९ नेकपा एमालेले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय दुराशयपूर्ण हेराफेरी भएको आरोप लगाएको छ। एमालेले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयले निर्वाचनलाई अन्योलमा धकेल्ने बताएको छ।

प्रधानमन्त्री दाहालद्वारा राजीनामा, केहीबेरमा संसदमा सम्बोधन गर्ने - 2017-05-23
काठमाडौं, जेठ ९ प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसदमा सम्बोधानपछि राजिनामा दिने भएका छन् । उनले उक्त जानकारी मन्त्रिपरिषद्को बैठकमा दिएका हुन् । 'बैठकमा उहाँ (प्रधानमन्त्री) ले आलोपालोको सहमति भएको हो, सहमति अनुसार नै राजिनामा दिन्छु भन्नुभयो' सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थामीले कान्तिपुरसंग भने, 'संसदमा सम्बोधनपछि राष्ट्रपतिसमक्ष राजिनामा दिने जानकारी गराउनु भयो ।'

काठमाडौं महानगरमा रञ्जुले नघाइन् १० हजार मत - 2017-05-21
काठमाडौँ, जेठ ७ विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत पार गरेकी छन् ।

अहिले सम्म काठमाडौं महानगरपालिकाको ४३ प्रतिशत मत गणना - 2017-05-21
काठमाडौं, जेठ ७ काठमाडौं महानगरपालिकाको मत गणना सुरु भएको एक सातामा ४३ प्रतिशत मत मात्रै गणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयका अनुसार आइतबार २ बजेसम्म ७५ हजार ४ सय ४१ मत गणना भएको छ । कुल खसेको मतको ४३ प्रतिशत हो । महानगरको ३२ वटा वडामा १ लाख ७२ हजार ३ सय ८६ मत खसेको छ । अझै ९६ हजार ९ सय ४५ मत गणना गर्न बाँकी छ । कार्यालय अनुसार १, २ र २७ मा एमाले, २५, २८, २९, ३० कांग्रेसका उम्मेदवार विजयी भए । अहिले १३ स्थानमा ३, ४, ५, ६, ७, २२, २३, २४, २६, ३१ र ३२ वडामा मतगणना भइरहेको छ ।

दोस्रो चरणको चुनाव उत्सवको रुपमा सम्पन्न हुन्छः प्रधानमन्त्री - 2017-05-21
जनकपुर, जेठ ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो चरणको स्थानीय तहको निर्वाचन ठूलो उत्सवको रुपमा सम्पन्न हुने बताएका छन्। एक कार्यक्रममा सहभागी हुन जनकपुर अाइपुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मधेसी मोर्चाको माग आंशिक रुपमा भए पनि पूरा हुने र मधेसी मोर्चाले चुनावमा भाग लिने विश्वास व्यक्त गरे।

निर्वाचन अपडेटः एमालेले पूरा गर्‍यो शतक - 2017-05-19
जेठ ५ स्थानीय तह पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले) स्थानीय तहमा १०० स्थान जित्न सफल भएको छ। ३१ नगरपालिकासहित १०० स्थानमा विजय हासिल गर्दै यो निर्वाचनमा एमाले शतक पूरा गर्ने पहिलो पार्टी बनेको हो।

माओवादी तेस्रो हैसियतमै रहने संकेत - 2017-05-17
काठमाडौँ, जेठ ३ संसद्‍मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ ।

अहिले सम्म काठमाडौं महानगरमा २० हजार मत बदर ! घाटा कसलाई ? - 2017-05-16
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा १ हजार मत गणना गर्दा १०७ मत बदर भएको छ । यो संख्या भनेको खसेको मतको १० प्रतिशत हो । अब यही रुपमा बदर मतको संख्या कायम रहेमा मतगणना गरिसक्दा २० हजारभन्दा बढी मत बदर हुने देखिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865714 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top