पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

देउवालाई प्रचण्डसँगै कमल थापाको साथ - 2017-05-30
काठमाडौं, जेठ १६ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनको प्रयास थालेको छ। कांग्रेसले सहमतीय सरकार गठनको प्रयास स्वरुप मंगलबार बिहान संसद भवन नयाँ बानेश्वरमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग सहमतीय सरकार गठनबारे छलफल गरेको हो। सर्वदलीय बैठकमा सहभागी सबै दलहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

निर्वाचन कार्यालय घेराउ गर्न जाँदा राजपाका दर्जनौ कार्यकर्ता पक्राउ - 2017-05-30
रौतहट, १६ जेठ रौतहट सदरमुकाम गौर निर्वाचन कार्यालय घेरा उगर्न जादा राष्ट्रिय जनता पार्टि नेपालका दर्जनौ नेता तथा कार्यकर्ता पक्रउ गरिएका छन । भरकर ६ दल मिलेर बनेको राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको राजपा बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा मंगलवार रौतहटको सदरमुकाम गौरमा रहेको निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो ।

दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय - 2017-05-29
काठमाडौं, १५ जेठ आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ

यादवलाई गरुडामा ५१ किलो मलाले स्वागत - 2017-05-27
रौतहट, जेठ १३ संधिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई गरुडामा ५१ किलो मलाले भव्यताका साथ स्वागत गरिएको छ । रौतहटको गरुडा लगायतका ठाउँ–ठाउँमा पार्टि प्रवेश गराउन आएका यादवलाई रौतहट नेता तथा कार्यकर्ताहरुले विशाल कार्यक्रम आयोजना गरि स्वागत गरिएको संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य योगेन्द्र यादवले रौतहट अनलाईनलाई बताएका छन् ।

देउवा निवासमा राजपा नेताहरु किन ? - 2017-05-27
काठमाण्डौ, जेठ १३ आफूहरुलाई स्थानीय चुनावमा सहभागी हुने अनुकूल वातावरण बनाइदिन आग्रह गर्न मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

संसद सुरु गर्न एमाले राजी, प्रधानन्यायाधीशको महाअभियोग फिर्ता लिइने - 2017-05-27
काठमाडौं, जेठ १३ स्थानीय तहको संख्या यथावत रहने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको बैठक सुचारु गर्न राजी भएको छ। त्यसैगरी प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव सरकारले फिर्ता लिने भएको छ।

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश - 2017-05-26
काठमाडौं, १२ जेठ / सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

चुनावमा कि आन्दोलनमा? राजपाले आज गर्दैछ निर्णय - 2017-05-25
काठमाण्डौ, जेठ ११ दोस्रो चरणको स्थानीय चुनावमा सहभागी हुने वा आन्दोलन गर्ने विषयमा आज राष्ट्रिय जनता पार्टीले निर्णय लिने भएको छ। यो विषयमा निर्णय लिन ११ बजे विजुलीबजारमा बैठक बस्दैछ। मधेसकेन्द्रित विभिन्न ६ वटा मिसिएर गत महिना राजपा गठन भएको थियो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865709 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top