पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

राजपाले गर्‍यो आन्दोलन घोषणा, चुनावमा नजाने निर्णय - 2017-06-11
आज बसेको राष्ट्रिय जनता पार्टीको बैठकले आम हड्ताल लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राजपाले दोस्रो चरणको चुनावमा सहभागी नहुने निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

राजपा फकाउन सरकार पुग्यो विधेयक लिएर सदन र 'भ्याकेट' लिएर सर्वोच्च - 2017-06-11
नेपालगन्ज, जेठ २८ आफूलाई निर्वाचन अनुकुल वातावरण नबनाइएको भन्दै आन्दोलनका कार्यक्रम घोषणाको तयारी रहेको राष्ट्रिय जनता पार्टीलाई दोस्रो चरणको स्थानीय चुनावमा सहभागी गराउन सरकारले दुईवटा महत्वपूर्ण कदम चालेको छ।

नेपाल पक्षलाई ओलीको जवाफः घोषणा भएका कुनै उम्मेदवारको नाम हेरफेर हुँदैन - 2017-06-11
नेपालगन्ज, जेठ २८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाममा कुनै हेरफेर नहुने बताएका छन्। आइतबार नेपालगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टिकट पाउने उम्मेदवार नै राम्रो उम्मेदवार भएको दावी गरे।

सरकारले विधेयक लैजान ढिलो गरेपछि संसद बैठक ३ः३० सम्म स्थगित - 2017-06-11
काठमाडौँ, जेठ २८ सरकारले राजनीतिक दल सम्बन्धी ऐनको संशोधित विधेयक तयार पार्न ढिलाई गरेका कारण आज १ बजे बस्ने भनिएको संसद बैठक ३ः३० बजेसम्मका लागि स्थगित भएको छ।

बैठकमा कुरा मिलेन, राजपाले भन्योः अब आन्दोलनमा जान्छौँ - 2017-06-11
काठमाडौँ, जेठ २८ सिंहदरबारमा भएको सत्तारुढ दलहरुसँगको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा ) नेता अनिल झाले अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएका छन्। हिजोको जस्तै आजको बैठकमा पनि सत्तारुढ दलका नेताहरु राजपाका मागमा निरिह देखिएको आरोप उनको छ।

प्रचण्डको एकता प्रस्ताव क्रान्तिकारीहरुलाई ध्वस्त पार्नका निम्ति: वैद्य - 2017-06-11
काठमाडौँ, जेठ २८ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको एकताको प्रस्ताव अस्वीकार गरेका छन्। अध्यक्ष वैद्यले प्रचण्डको प्रस्ताव नेपालमा क्रान्तिकारीहरुलाई ध्वस्त पार्नका निम्ति विदेश प्रतिक्रियावादीहरुद्वार निर्देशित षड्यन्त्र भएको आरोप लगाउँदै आफूहरु त्यस्तो षड्यन्त्रमा नफस्ने बताएका छन्।

गौर नगरपालिकाको मेयर पदमा समाज सेवी अर्चना यादवको स्वतन्त्र उम्मेदवारी - 2017-06-10
रौतहट, २७ जेठ । आसन्न दोश्रो चरणको स्थानिय तहको चुनाव असार १४ हुने पक्का भए पछि गौर नगरपालीका सहित विभिन्न नरगपालीका र गाउँपालिकामा उमेदवारी घोषणा धमाधम भईरहेको अवस्थामा समाज सेवी अर्चना यादवले पनि गौर नपाको प्रमुख ९मेयर० पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैनः महतो - 2017-06-10
राजविराज, जेठ २७ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865729 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top