पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

२ नम्बर प्रदेशको निर्वाचन सर्‍यो - 2017-06-15
काठमाडौं, असार १ सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।

मधेसको मुद्दा छाडेर उपेन्द्र केपी ओलीको कित्तामा : महतो - 2017-06-15
रौतहट, असार १ राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले उपेन्द्र यदवाले मधेसका मुद्दा छाडेको आरोप लगाएका छन्। प्रेस मञ्च नेपाल रौतहटले बुधबार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले उपेन्द्र यादव एकाएक मधेसको मुद्दा छाडेर केपी ओलीको लाइनमा उभिन पुगेको बताए।

प्रदेश नम्बर २ र ५ को निर्वाचन मिति सर्ला त? - 2017-06-14
काठमाडौं, जेठ ३१ ‘राजपाका साथीहरुसँग पनि यस विषयमा छलफल हुनेछ। कुनै उपायले राजपालाई निर्वाचनमा ल्याउने प्रयास जारी रहन्छ’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उहाँहरुको इन्टेन्सन के हो भन्ने अझै बुझिएन।’

दोश्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः एमाले - 2017-06-13
काठमाडौं, जेठ ३० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह दोश्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएको छ। मंगलबार पार्टी सचिव योगेश भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनैपनि बहानामा निर्वाचनलाई पछि धकेल्ने कुरा मान्य नहुने बताएका हुन्।

बुटवल उपमहानगर र देवदह नगरपालिकामा कांग्रेस–माओवादी तालमेल - 2017-06-13
बुटवल, जेठ ३० बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। सहमति अनुसार उपमहानगरमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा उम्मेदवारी दिने भएका छन्।

प्रमुख निर्वाचन आयुक्त भन्छन्: असार १४ मा ४६१ स्थानीय तहमै निर्वाचन हुन्छ - 2017-06-13
काठमाडौं, जेठ ३० प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गते बाँकी रहेका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुने स्पष्ट पारेका छन्। उनले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्न आग्रह पनि गरे।

यस्तो छ राजपाको विरोध र आमहड्तालका कार्यक्रम - 2017-06-11
काठमाडौँ, जेठ २८ आज बसेको राष्ट्रिय जनता पार्टीको बैठकले आम हड्ताल लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राजपाले दोस्रो चरणको चुनावमा सहभागी नहुने निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

राजपाले गर्‍यो आन्दोलन घोषणा, चुनावमा नजाने निर्णय - 2017-06-11
काठमाडौँ, जेठ २८ आज बसेको राष्ट्रिय जनता पार्टीको बैठकले आम हड्ताल लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राजपाले दोस्रो चरणको चुनावमा सहभागी नहुने निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865750 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top