पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

तीन दलको बैठकमा एमालेले भन्योः चुनावअघि संविधान संशोधन मान्दैनौं - 2017-07-11
काठमाडौं, असार २७ संविधान संशोधनमा सहमति गर्न बसेको तीन दलको बैठकमा संशोधनसम्बन्धी कुनै निर्णय हुन सकेन। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन गर्न अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो।

चौथो स्थानका लागि उपेन्द्र र गच्छेदारबीच कडा प्रतिस्पर्धा - 2017-07-03
काठमाडौं, असार १९ दोस्रो चरणको चुनावी परिणमा अन्तिम चरणमा पुग्नै लाग्दा नेकपा(एमाले) र नेपाली कांग्रेसकाबीच पहिलो स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ। नेकपा (माओवादी केन्द्र) तेस्रो स्थान हुने निश्चित भैसकेको छ।

हाम्रा कार्यकतामाथिको आक्रमण र धरपकड रोक्नुहोस्- राजपा - 2017-06-21
काठमाडौँ, असार ७ राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। उनीहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन्।

विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ - 2017-06-21
धनकुटा, असार ७ स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । यसक्रममा मंगलबार राति हिले बजारबाट उक्त पार्टीका युवा संगठनका सदस्य कर्ण ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ ।

खोटाङमा वडाध्यक्ष उम्मेदवारको घरमा बम बिस्फोट, एक घाइते - 2017-06-21
खोटाङ, असार ७ खोटाङमा एक वडाध्यक्षका उम्मेदवारका घरमा बम विस्फोट भएको छ। रुपाकोट मझुवागढी नगरपालिका—८ दोर्पाचिउरीडाँडाका वडा अध्यक्ष उम्मेदवार लीला चौहानको घरमा बम बिस्फोट भएको हो।

मनोनयनमा बाधा पुर्‍याउने राजपाका केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा - 2017-06-18
धनगढी, असार ४ उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

राजपाकी कोषाध्यक्ष यादव एमालेमा प्रवेश, भन्छिन्– पुरानै घर फर्किएँ - 2017-06-18
काठमाडौं, असार ४ राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश गरेकी छिन्। पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव र राजपाकै केन्द्रीय सदस्य राजेश्व्र महासेठलाई एमालेमा प्रवेश गरेका हुन्। मधेस केन्द्रीत ६ दलबीच एकीकरण हुँदा यादव तमलोपाकी कोषाध्यक्ष थिइन्।

निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजियोः थापा - 2017-06-15
काठमाडौँ, असार १ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र राजपा बीच भएको दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफनो असन्तुष्टि व्यक्त गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865735 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top