पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

कस्ता छन् नयाँ प्रधानन्यायाधिश पराजुली ? - 2017-07-17
काठमाडौं, साउन २ प्रस्तावित प्रधानन्यायाधिशका रुपमा सुनुवाइका लागि संसदीय समितिमा उपस्थित हुँदा हिजो गोेपाल पराजुली जति हंसमुख र आश्वस्त देखिएका थिए, त्यो भन्दा बढी आज सपथग्रहणमा विश्वस्त र चपल देखिए।

बाबुराम र उपेन्द्रको संयुक्त वक्तव्यः पुरानै निर्वाचन क्षेत्र हामी मान्दैनौं - 2017-07-16
काठमाडौं, साउन १ नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले संयुक्त वक्तव्य जारी गर्दै आफूहरुलाई २ सय ४० निर्वाचन क्षेत्र मान्य नहुने बताएका छन्। यी दुई पार्टीले संघीय संसदभन्दा पहिला प्रदेश तहको चुनाव गर्न सरकारसँग माग पनि गरेका छन्।

संसदको म्याद एक वर्ष थप्ने हल्ला निराधारः निधि - 2017-07-16
काठमाडौं, साउन १ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एक–दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। कांग्रेसका तर्फबाट मन्त्रालय बाँडफाँडको कार्यदलमा रहेका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट स्वदेश फर्किए लगत्तै मन्त्रालय बाँडफाँडको काम टुंग्याएर मन्त्रिमण्डल बिस्तार गरिने बताएका हुन्।

मधेसप्रति नरम हुँदै ओलीले भनेः आँप झरेको र माखे-साङ्लोको कुरा झुठा हुन् - 2017-07-13
काठमाडौं, असार २९ आलोचकहरुले मधेसप्रति अनुदार नेताका रुपमा चित्रण गर्दै आइरहेका एमाले अध्यक्ष केपी ओलीले आफू सधैं मधेसी जनताको पक्षको रहेको भन्दै यसअघि मधेस र मधेसीबारे आफूले बोलेका कुराहरुको खण्डन गरेका छन्।

मन्त्रीपरिषदद्वारा राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त - 2017-07-13
काठमाडौं, असार २९ सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठताका अाधारमा सचिव क्षेत्रीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको

बूढीगण्डकी आयोजनाबारे प्रधानमन्त्रीलाई नयाँ शक्तिको १३ बुँदे ज्ञापनपत्र - 2017-07-12
काठमाडौँ, असार २८ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बूढीगण्डकी आयोजना बदनाम कम्पनीलाई ठेक्का दिएको र गैरकानुनी रुपमा समझदारी गरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

एकिकरणको गृहकार्यमा साझा र विवेकशील दल - 2017-07-12
काठमाडौं, असार २८ स्थानीय निर्वाचनमा अलग–अलग रुपमा भाग लिएका दुई नयाँ दल विवेकशील नेपाली र साझा पार्टीका नेताहरुले दुई दलको एकीकरणको सम्भावनाबारे छलफल सुरु गरेका छन्।

राप्रपाका केही सांसद संशोधनको विपक्षमै - 2017-07-12
काठमाडौं, असार २८ संविधान संशोधन विधेयकमा समर्थन जुटाउन मंगलबार राप्रपाका शीर्ष नेताहरू प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता गरिरहँदा राप्रपाकै केही सांसद भने त्यसलाई असफल पार्ने रणनीति बनाउन ललितपुरस्थित एक होटलमा जुट्दै थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865738 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top