पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।
‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’
प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।
कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस
![]() रौतहट जिल्लाको दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मत्सरीको वडा कार्यालय शनिबार बिजय दशमी को अबसर पारेर शुभारम्भ भएको छ । दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मत्सरीमा रहेको प्रख्यात दुर्गा मन्दिरमा शनिबार देखि वडा कार्यालयमा नवनिर्वाचित |
|||||||||
आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमाले स्थायी समितिको निर्णय - 2017-10-01 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। |
|||||||||
ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको सन्देश - 2017-10-01 प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गरेका छन्। |
|||||||||
![]() देशकै कान्छो महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन्। सरावगी १९३९३ मतसहित वीरगञ्जको पहिलो मेयर बन्न सफल भएका हुन्। |
|||||||||
![]() प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार मेयरमा संघीय समाजवादी फोरम र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारको सम्भावना बलियो देखिएको छ। मतगणना उत्तरार्धतिर आइपुग्दा फोरमका मेयर उम्मेदवारले करिव १५ सय मतले कांग्रेसभन्दा अगाडि देखिएका छन्। अहिलेसम्म ३२ मध्ये २९ वडाको मत गणना भइसकेको छ। |
|||||||||
![]() बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ। |
|||||||||
![]() स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ। |
|||||||||
१२९ स्थानीय तहको मतपरिणामः को कहाँ विजयी? - 2017-09-25 र्वाचनमा सबैभन्दा बढि नेपाली कांग्रेसले ३७ तहमा विजय हासिल गरेको छ। संघीय समाजवादी फोरमले २४ तहमा बाजी मारेको छ भने राजपाले पनि २४ स्थानीय तहमा जित हासिल गरेको छ। |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT |