पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

सत्तारुढ दल र राजपाबीच संविधान संशोधन विधेयक मतदानमा लैजाने सहमति - 2017-08-11
काठमाडौं, साउन २७ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच संविधान संशोधन प्रस्ताव संसदमा निणयार्थ अघि बढाउने सहमति भएको छ।

काठमाडौं साइडलाइनमा भुटान र श्रीलंकासँग दोक्लमबारे छलफल गर्दै भारतीय विदेशमन्त्री - 2017-08-11
काठमाडौं, साउन २७ बिम्स्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आज भुटान र श्रीलंकाका विदेश मन्त्रीसँग साइडलाइन वार्ता गर्दैछिन्, जहाँ भारत र चीनबीच विवाद भइरहेको दोक्लम क्षेत्रबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीसँग सामूहिक शिष्टाचार भेट - 2017-08-11
काठमाडौं, साउन २७ प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकका बाह्यमामिला/ विदेशमन्त्रीले बिहिवार साँझ सामूहिक शिष्टाचार भेट गरेका छन्।

एक्लिँदै बाबुराम, नयाँ शक्तिका नेताहरू धमाधम पुरानै पार्टीमा फर्किंदै - 2017-08-10
काठमाडौं, साउन २६ ०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईले बानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट तत्कालीन एकीकृत माओवादी परित्याग गरे। उनले पार्टीको साधारण सदस्य र संसदको सदस्यबाट समेत राजिनामा दिए। त्यसैदिन पुष्पकमल दाहाल प्रचण्डसँगको ३ दशक लामो सम्बन्धमा उनले ‘ब्रेक’ लगाए। र यात्रा थाले, उनकै शब्दमा ‘वैकल्पिक राजनीति’को।

सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह - 2017-08-10
काठमाडौँ, साउन २६ प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन्।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौँमा - 2017-08-10
काठमाडौँ, साउन २६ बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आइपुगेकी छन्। बिहीबारबाट सुरु हुने १५ औँ बिम्स्टेक बैठक दुई दिनसम्म चल्नेछ।

कमल थापालाई छोडेर पशुपतिको पार्टीमा लागिन् रेखा - 2017-08-08
काठमाडौं, साउन २४ राप्रपाकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेकी छिन्। विभाजन हुँदा राप्रपामै रहेकी रेखा मंगलबार नेता पशुपति शम्शेर जबराको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिकतिर लागेकी हुन्।

चुनावमा जाने–नजानेबारे राजपा अध्यक्ष मण्डलमै मतभेद - 2017-08-08
काठमाडौं, साउन २४ राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख नेताहरूबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जाने वा नजाने भन्नेबारेमा मतभेद देखिएको छ। राजपाको अध्यक्ष मण्डलका सदस्यहरू नै चुनावलाई लिएर विभाजित देखिएका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865730 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top