पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

प्रदेश २ मा जन्मनासाथ छोरीको शिक्षा विमा, छुवाछुत निर्मुल गरिने - 2018-03-27
जनकपुरधाम, चैत १३ दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन्। प्रदेश–२ लाई लगानीमैत्री प्रदेशका रुपमा विकसित गर्ने प्रतिबद्धताका साथ सार्वजनिक गरिएको कार्ययोजनामा आर्थिक क्षेत्रलाई बन्द, हडताल, चक्काजाम र अवरोध मुक्त क्षेत्र घोषणा गर्ने उल्लेख छ।

उपसभामुख शिवमायाले दिइन् पार्टी सदस्यताबाट राजीनामा - 2018-03-26
काठमाडौँ चैत १२ उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा ९एमाले० पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन्।

जिल्ला समन्वय समिति संयोजकसम्मलाई कूटनीतिक राहदानी! - 2018-03-26
काठमाडौँ चैत १२ मन्त्रिपरिषदको बैठकले जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कुटनीतिक राहदानीको व्यवस्था गर्ने निर्णय गरेको छ।

गिरिजाप्रसाद कोइराला राजनेताका रुपमा सबै नेपालीका अभिभावकः प्रचण्ड - 2018-03-21
काठमाडौंँ चैत ७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन्।

देशको अन्तरिक मामिलामा कसैलाई पनि हात हाल्न दिन्नँ: प्रधानमन्त्री - 2018-03-21
काठमाडौँ चैत ७ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तरिक मामिलामा कसैलाई पनि हात हाल्न नदिने बताएका छन्।

गिरीजाप्रसाद स्मृति दिवस आज - 2018-03-21
चैत ७ कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ। कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो।

जनमतको कदर गर्न मधेसी नेतालाई भट्टराईको सुझाव - 2018-03-20
सिरहा चैत ६ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसवादी दलका नेतालाई जनमतको कदर गर्न सुझाव दिएका छन्।

मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीपछिको बरियतामा उपेन्द्र यादव? - 2018-03-19
चैत्र ५ प्रधानमन्त्रीपछिको बरियतामा आफूलाई राख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको दावी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111046 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top