पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

पूर्व मन्त्रीद्धारा व्यक्तीगत रुपमा १५ सय परिवारमा राहत वितरण । - 2017-08-18
रौतहट १ भदौं / रौतहट जिल्लामा आएके विनाशकारी बाढिबाट प्रभावित १५ सय घरपरिवारमा पूर्व स्वास्थय राज्य मन्त्री मो.मुस्ताक आलमले राहत सामग्री वितरण गरेका छन् ।

नाङ्गो आङ र भोको पेटको सौदाबाजी - 2017-08-17
रौतहट, भदौ १ विपतका बेला सहयोगी हातहरु बढाउनु आफैंमा खुसी लाग्ने कुरा हुन् । तर, यससँगै हामीले भोगेको तीतो सत्य के भने, राहतको नाममा आफ्नो गोजी भर्ने प्रवृत्ति यहा देखिएको छ।

गाउँ र शहरमा राहत बाडनेहरु सेल्फीमा व्यस्त - 2017-08-17
भदौ १ गाउँ र शहरमा राहत उठाएर सेल्फी खिच्नेहरु बढि भएको छ । सुन्दा तीतो लाग्छ, बिनासकारी भूकम्पमा राहत संकलन गर्नेमध्ये केही मानिसहरुको ‘धन्दा’ निकै फलिफाप भयो ।

रौतहतमा स्थानीय तहको निर्वाचनको लागि १६ नगर र दुइ गाउपालिकाको निर्वाचन अधिकृत नियुक्त - 2017-08-17
गौर/३२,साउन / निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत रौतहतको १६ नगरपालिका र दुइ गाउपालिकाको निर्वाचन अधिकृत नियुक्त गरेका छ।

दुई नम्बर प्रदेशका लागि यस्तो निर्वाचन तयारी - 2017-08-16
काठामाडौं, साउन ३२ निर्वाचन आयोग दुई नम्बर प्रदेशमा थपिएका ९ सहित १३६ स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्र बनाएको छ। आयोगले दुई नम्बर प्रदेशमा असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।

बाढी प्रभावित क्षेत्रमा पुगेर प्रचण्डले भनेः राहतको कमी हुन दिने छैनौँ - 2017-08-16
सप्तरी, साउन ३२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। गृहमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित अध्यक्ष प्रचण्ड बुधबार सप्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

कोशी नदीमा पानीको प्रवाह खतराको संकेभन्दा माथि - 2017-08-13
काठमाडौं, साउन २९ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पानीको प्रवाह खतराको संकेतभन्दा माथि आएका स्थानमा तत्काल बाँधका ढोका खोल्न सरकार समक्ष माग गरेको छ।

युवा सशक्तीकरणमा लगानी बढाउनुपर्छः राष्ट्रपति भण्डारी - 2017-08-12
काठमाडौं, साउन २८ राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवा भएकाले युवाको सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865748 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top