पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

एमालेको दम्भका कारण संशोधन विधेयक फेल भएको माओवादीको निष्कर्ष - 2017-08-22
काठमाडौँ, भदौ ६ नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेको दम्भका कारण संविधान संशोधन विधेयक फेल भएको निष्कर्ष निकालेको छ।

संशोधन विधेयक पारित हुनेगरी ल्याइएकै होइनः उपेन्द्र यादव - 2017-08-21
काठमाडौँ, भदौ ५ संघीय समाजवादी फोरम नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नेगरी नल्याइएको बताएका छन्। यद्यपि उनले आफ्नो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने बताए।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तयः सिमानाका बाँध प्राथमिकतामा - 2017-08-21
काठमाडौँ, भदौ ५ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा उठाउने एजेन्डा तय भएको छ। सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भारत भ्रमणका एजेन्डा तय गरेको हो।

राजपा चुनावमा आउने प्रमुख निर्वाचन आयुक्तको दावी - 2017-08-20
जनकपुर, भदौ ४ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने बताएका छन्।

दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय - 2017-08-20
काठमाडौँ, भदौ ४ नयाँ शक्तिका नेता रामचन्द्र झाको नेतृत्वमा एक समूह आइतबारमाओवादी केन्द्रमा प्रवेश गरेको छ। झासँगै मधेशका अर्का रामकुमार शर्मा पनि माओवादीमा प्रवेश गरेका छन्।

राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने - 2017-08-20
काठमाडौं, भदौ ४ राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौंडामा बसेको बैठकले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

तीन दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएर के भनिन् राष्ट्रपतिले? - 2017-08-19
काठमाडौँ, भदौ ३ राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन

वीरगंज मेयरका उम्मेदवार अंसारीद्वारा रौतहटको जेठरहियामा स्वास्थ्य शिविर तथा राहत वितरण - 2017-08-18
रौतहट/ २, भदौ/ नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरका उम्मेदवार एवं नेशनल मेडिकल कलेज वीरगंजका एमडी बसरुदिन अंसारीले डुबान र बाढीबाट प्रभावित

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865716 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top