पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा

माघ ९


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ। महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० बिघा जमिन मिचेको छ। दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ। ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए।

प्रधानमन्त्री देउवाद्वारा बोधगया दर्शन - 2017-08-27
भारत, भदौ ११ मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्। बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो। प्रधानमन्त्री देउवा शनिबार बोधगया आइगेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजपाले गर्‍यो दल दर्ता - 2017-08-27
काठमाडौँ, भदौ १० राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा शनिबार दल दर्ता गराएको छ।

“आमा बुवाको सल्लाहले गर्ने छ विकास यूवाले” भन्ने नाराका साथ सन्तोष पौडेलको उम्मेदवारीको घोषण - 2017-08-26
जितेन्द्र कुमार । रौतहट, भदौ १० नेपालकै ऐतिहासिक रौतहट सदरमुकाम गौरको वडा नं. ५ (साविक ८ र ९) को अध्यक्ष पदका लागि पत्रकार एवं यूूवा समासेवी संन्तोष पौडेलले असोज २ गते हुने भनिएको तेस्रो तरणको स्थानिय चुनावका लागि स्वतन्त्र भई वडा अध्यक्षको पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

संविधान संशोधन अन्तरिक विषय हो, अरुसँग कुरा गर्न आवश्यक छैनः प्रचण्ड - 2017-08-25
सुर्खेत, भदौ ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नेपालको आन्तरिक विषय भएको बताएका छन्।

चीनसम्बन्धी देउवाको भनाइले दिल्लीमा तरंग - 2017-08-25
नयाँ दिल्ली, भदौ ९ प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार साँझ इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाल–चीन सम्बन्धमा बोलेको विषयले दिल्लीमा तरंग ल्याएको छ।

देउवाका अभिव्यक्ति र गतिविधि लज्जाजनकः ओली - 2017-08-25
काठमाडौं, भदौ ९ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाका गतिबिधि र अभिव्यक्ति लज्जाजनक भएको बताएका छन्।

नेपाल र भारतबीच आठ सम्झौतामा हस्ताक्षर - 2017-08-24
नयाँ दिल्ली, भदौ ८ पाँच दिने भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेबहादुर देउवाको भ्रमणमा भारत र नेपालबीच बीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

गैरपत्रकार खारेज गर्न अभियान चलाइन्छः आचार्य - 2017-08-24
भक्तपुर, भदौ ८ नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868355 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top