पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

पशुपति क्षेत्रलाई गइरहुँ, बसिरहुँ लाग्ने बनाउनुपर्छः पर्यटनमन्त्री

काठमाडौँ बैशाख ५


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन्।


पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए। रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिने छ।’

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए। रासस

वाम गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल हुँदैछः सञ्चारमन्त्री - 2017-10-30
भक्तपुर, कार्तिक १३ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन्। भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको सोमबार लोकार्पण गर्दै मन्त्री बस्नेतले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे।

निर्वाचन आयोगले आज अदालतलाई जवाफ पठाउँदै - 2017-10-30
काठमाडौँ, कार्तिक १३ निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रबारे आज सर्वोच्च अदालतलाई जवाफ पठाउँदै छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अदालतको आदेशलाई उच्च सम्मान र सकारात्मकरुपमा लिँदै जवाफ लिएर अदालतमा जाने जानकारी दिए। उनले भने, ‘आयोग आफ्नो कार्यतालिकाअनुसार अघि बढिरहेको छ, मत्रपत्र छाप्ने काम निरन्तर भइरहेको छ, अदालतबाट मतपत्रका सन्दर्भमा भएको आदेशलाई सम्मान गर्दै जवाफ पठाइनेछ ।’

पत्नी र बहिनीसहित कस्मेटिक फ्याक्ट्री पुगे किम जोङ उन - 2017-10-30
कार्तिक १३ उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हतियार निर्माण तथा क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरिरहेको फोटो बारम्बार सार्वजनिक भइरहन्छ। तर यसपटक उनले श्रृंगार सामग्री बनाउने कारखानाको भ्रमण गरेका छन्, त्यो पनि सार्वजनिक रुपमा विरलै देखिने उनकी पत्नी र बहिनीसहित।

प्रदेश र प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्दै आयोग - 2017-10-29
काठमाडौं, कार्तिक १२ निर्वाचन आयोगले मंसिर १० र २१ मा गरी दुई चरणमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्ने तयारी गरेको छ। सर्वोच्च अदालतले दिएको आदेशलाई मान्दै आयोग अन्ततः प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्ने निर्णयमा पुगेको हो।

राजपा र फोरमसँग कांग्रेसको चुनावी गठबन्धन नहुने पक्का - 2017-10-29
काठमाडौं, कार्तिक १२ मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग नेपाली कांग्रेसको औपचारिकरुपमा चुनावी गठबन्धन नहुने लगभग पक्का भएको छ। तर, आवश्यकता अनुसार केही ठाउँमा भने आवश्यकता अनुसार कांग्रेस र राजपा– फोरम नेपालसँग तालमेल हुन सक्नेछ। लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जान बनाइएको पाँच दलीय कार्यदलको बैठक नियमित रुपमा बस्दै आएको छ।

प्रचण्डले देवी ज्ञवालीसँग भने: तपाईंको राजनीतिक संस्कारबाट हामीले पाठ सिक्नु पर्छ - 2017-10-25
नेपालखबर कार्तिक ८ भरतपुर महानगरपालिकामा पराजित एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार विहान आकस्मिक भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दुईबीच भेट भएको हो। बुधबार विहान १० वजे ज्ञवाली ओली निवास पुगेका थिए। ठीक त्यसैबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि पुगे।

बाबुरामको समर्थनमा उम्मेदवारी फिर्ता - 2017-10-25
काठमाडौं, कार्तिक ८ कांग्रेस नेतृत्वको गठबन्धनबाट गोरखा २ मा प्रत्यासी रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्दै एकजनाले उम्मेदवारी फिर्ता लिएका छन्।

पूर्वसांसद राज्यलक्ष्मी कांग्रेसमा प्रवेश, केसीलाई समर्थन गर्दै फिर्ता लिइन् उम्मेदवारी - 2017-10-25
काठमाडौं, कार्तिक ८ पूर्वसांसद राज्यलक्ष्मी पाण्डे श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। एकीकृत राप्रपा राष्ट्रवादीबाट नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी पूर्व सांसद श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेस प्रवेश गरेकी हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111064 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top