पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा

माघ ९


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ। महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० बिघा जमिन मिचेको छ। दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ। ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए।

माओवादीको दिल निकै ठूलो छ जहाँ हिमाल, पहाड मधेस सबै अट्छः प्रचण्ड - 2017-09-09
बारा, भदौ २४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको दिल निकै ठूलो भएको बताएका छन्। शनिबार बाराको सिम्रौनगढमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले माओवादीमा संकिण र अतिवादी सोच नभएको बताए।

निर्वाचनको पर्यवेक्षण गर्न इच्छुकलाई आवेदन दिन आयोगको आह्वान - 2017-09-09
काठमाडौँ, भदौ २४ निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ।

दुई नम्बर प्रदेशका लागि प्रचण्डको दौडधुपः ८ दिने बसाइ सकेर पुनः मधेस झर्दै - 2017-09-08
काठमाडौं, भदौ २३ मर्निङवाकमा चियागफ र सेल्फी प्रचण्ड गत भदौ १२ गते बिहान नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहित विराटनगर पुगेका थिए। त्यस बिहान उनले मोरङका स्थानीय नेताकार्यकर्तासंग भेट गरेका थिए।

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा - 2017-09-08
भरतपुर, भदौ २३ पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने उद्घोष गरेका छन्। प्रेस सेन्टरले शुक्रवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

महेन्द्रले नेपालको स्वाभिमान जोगाएकै हुन्, राजा भन्नेबित्तिकै गाली गर्नुपर्दैनः एमाले नेता नेपाल - 2017-09-07
भदौ २२ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजा महेन्द्रले नेपालको स्वाभिमान जोगाएका कारण उनलाई गाली गर्न नहुने बताएका छन्।

प्रदेश २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता - 2017-09-07
२२ भदौ प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

मत्सरीको समग्र बिकाश को लागि उम्मेदबारी : युवा नेता डीके झा - 2017-09-07
गङ्गा पिपरा /२१,भदौ/ माओबादि केन्द्रको चर्चित युवा नेता डीके झाले दुर्गा भगबती गाउँपालिका वडा नम्बर ३ को प्रमुख पदको लागि आफ्नो उम्मेंद्बारी दर्ता गराउनु भएको छ l करिब डेढ दशक देखि पार्टीमा समर्पित रही बिद्यार्थी राजनीतिमा सक्रिय रहनु भएका नेता झा पछिल्लो

यी हुन् २ नम्बर प्रदेशका एमालेका उम्मेदवार (सूचीसहित) - 2017-09-05
काठमाडौं, भदौ २० नेकपा एमालेले दुई नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ। मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले अहिलेसम्म टुंगो लगाएका स्थानीय तहका उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868357 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top