पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

मिचिएको सीमामा पुगेर वाइसिएलले गाड्यो नेपालको झण्डा

माघ ९


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १ छपकैया स्थित नेपाली भूमि भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

आफ्नो भूमि रक्षाका लागि आफूहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसिएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ। महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० बिघा जमिन मिचेको छ। दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ। ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए।

माओवादी केन्द्रले गरे राजपा कार्यकर्ताको हत्या - 2017-09-13
रौतहट, भदौ २७ चुनाव प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एक कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको राजपाले आरोप लगाएको छ ।

निर्वाचन तयारीका लागि कांग्रेस शीर्ष नेता दुई नम्बर प्रदेशमा - 2017-09-12
भदौ २७ नेपाली कांग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ।

अमर यादव पुनः फर्किए फोरममा - 2017-09-12
रौतहट, भदौ २७ मधसी जनअधिकार फोरमका नेता अमर यादव पुनः संघिय समाजवादी फोरम नेपालमा फर्किएका छन् । रौतहटमा मंगलबार आयोजित कार्यक्रममा यादवले आफू नेतृत्वको मधेस तराई फोरम, संघीय फोरममा पार्टि एक्किरण भएको घोषणा गरे ।

सरकारले आचारसंहिता उल्लंघन गरेको छैनः प्रधानमन्त्री देउवा - 2017-09-12
विराटनगर, भदौ २७ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताएका छन्।

तेस्रो चरणको निर्वाचनमा २ नम्बर प्रदेशमा पाँच दिन सार्वजनिक विदा दिइने - 2017-09-12
भदौ २६ सरकारले स्थानीय तह तेस्रो चरणको चुनावको अवसरमा दुई नम्बर प्रदेशमा पाँच दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदाको निर्णय गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

राजपाले शहीद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी - 2017-09-10
गौशाला, भदौ २५ मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्।

२ नम्बर प्रदेशमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मिएकै छैनः नेता नेपाल - 2017-09-10
बर्दिवास, २५ भदौ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले २ नम्बर प्रदेशमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।

देउवा र प्रचण्ड भारतसामु लम्पसार परेः नेपाल - 2017-09-10
बर्दिवास, भदौ २५ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868349 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top