पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

महतोको साईकल सवारी चर्चै चर्चामा - 2017-09-14
भदौ २९ राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको साईकल सवारी यति बेला मतदाता माझ चर्चै चर्चाको विषय बनिएको छ ।

७ दलहरुलाई आचारसंहिता पालना गर्न निर्वाचन आयोगको पत्र - 2017-09-14
भदौ २९ निर्वाचन आयोगले प्रदेश २ को स्थानीय तह निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीतका कार्य भइरहेकाले त्यसलाई रोक्न प्रमुख सात दललाई आग्रह गरेको छ ।

अयोधिले भनेः प्रधानमन्त्रीलाई कारवाही गर्न मिल्दैन - 2017-09-13
काठमाडौं, भदौ २८ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्।

चाँडो बाढीप्रभावित क्षेत्रमा चाँडो घर बनाउने गरी योजना बनाउन गृहमन्त्रीको निर्देशन - 2017-09-13
काठमाडौं, भदौ २८ गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।

माओवादी केन्द्रले गरे राजपा कार्यकर्ताको हत्या - 2017-09-13
रौतहट, भदौ २७ चुनाव प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एक कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको राजपाले आरोप लगाएको छ ।

निर्वाचन तयारीका लागि कांग्रेस शीर्ष नेता दुई नम्बर प्रदेशमा - 2017-09-12
भदौ २७ नेपाली कांग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ।

अमर यादव पुनः फर्किए फोरममा - 2017-09-12
रौतहट, भदौ २७ मधसी जनअधिकार फोरमका नेता अमर यादव पुनः संघिय समाजवादी फोरम नेपालमा फर्किएका छन् । रौतहटमा मंगलबार आयोजित कार्यक्रममा यादवले आफू नेतृत्वको मधेस तराई फोरम, संघीय फोरममा पार्टि एक्किरण भएको घोषणा गरे ।

सरकारले आचारसंहिता उल्लंघन गरेको छैनः प्रधानमन्त्री देउवा - 2017-09-12
विराटनगर, भदौ २७ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865734 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top