पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

प्रदेश नं. २ मा मतगणना जारी, कसले कहाँ लिइरहेका छन् अग्रता? - 2017-09-19
दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ। केही स्थानीय तहको गएरातिदेखि नै मतगणना सुरु भएपनि अधिकांशको भने मंगलबार बिहानबाट मतगणनाको काम सुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ।

निर्बाचन आयोग पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल समेत लाइ मतदाता शिक्षा दिन सकेन , आम जनता को त् कुरै छाडौं l मतदाता शिक्षाको नाममा रौतहटमा निर्बाचन आयोग तथा बिभिन्न डलर बाल संस्थाले गरेको खर्च असुल उपर गर्नु पर्ने l - 2017-09-18


रौतहटका प्रमुख निर्बाचन अधिकृत लेखनाथ ढकाल लाइ सरकार ले तत्काल कारबाही गर्नु पर्ने , रौतहटका कतिपय मतदान केन्द्रमा ९ बजे सम्म मतपेटिका तथा स्वस्तिक छाप नपुगेको अबस्था l - 2017-09-18


नागरिकता, रहादानी र लाइसेन्स देखाएर पनि मतदान गर्न सकिन्छः निर्वाचन आयोग - 2017-09-17
असोज १ निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ।

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री - 2017-09-16
उदयपुर, भदौ ३१ प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गरेका छन्। सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए।

दुई नम्बर प्रदेशका मतदाता मतदान गर्न आतुरः गृहमन्त्री - 2017-09-16
काठमाडौं, भदौ ३१ गृहमन्त्री जनार्दन शर्माले असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भव्यरुपले सम्पन्न हुने दाबी गरेका छन्। उनले सबै राजनीतिक दलहरुले निर्वाचनमा भाग लिएकाले पनि निर्वाचन सफल हुने दाबी गरेका हुन्।

गौर नगरपालिकामा माधव नेपाललाई चुनौति - 2017-09-15
रौतहट, ३० भदौ २ नं. प्रदेश रौतहट सदरमुकाम गौर नगरपालिकामा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारलाई बिपक्छि पार्टीले कडा चुनौति दिएका छनु । गौर नगरपालिका वाट मेयर पदका उम्मेदवार शम्भु साहले उम्मेदवारी दिए पछि विपक्छि पार्टीले भने साहलाई जितनुको मतलब माधव कुमारलाई जितनु हो ।

महोत्तरीका पाँच स्थानीय तहको प्रमुखमा प्रतिस्पर्धा गर्दै महिला - 2017-09-15
महोत्तरी, भदौ ३० स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन्। आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865755 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top