पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं १ मा माओबादि केन्द्र बाट वडाध्यक्ष मा संजय साह बिजयी l

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट गढीमाइ नगरपालिका वडा नं १ साबिक गाबिस समनपुर को वडाध्यक्ष मा नेपाली कांग्रेस बाट रामबिनय यादब बिजयी l

स्थानिय तह निर्बाचन अपडेट : रौतहट - 2017-09-19
रौतहट को मौलापुर नगरपालिका वडा नम्बर १ मा माओबादी केन्द्र का राम प्रवेश यादव बिजयी !

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
माधवनारायण नगरपालिकावार्ड न. १ साबिक गाबिस दिपही को अध्यक्षमा काङ्ग्रेस का गनधिर यादव बिजयी l

चन्द्रपुर नगरपालिकामा एमालेको अग्रता बढयो - 2017-09-19
रौतहट, असोज ३ रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। चन्द्रपुर नगरपालिमा एमालेले एमाले ६१६ मतसहित अग्रता कायम गरेको छ भने कांग्रेस ५९६ र माओवादी ४६० मतसहित एमालेलाई पछ्याइरहेका छन्।

अहिले सम्म गौरमा रजपाको अग्रता, गरुडामा एमालेको अग्रता र चन्द्रपुरमा माओवादीको अग्रता - 2017-09-19
रौतहट, असोज ३ रौतहट जिल्लामा जम्मा १८ वटा स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ ।

पर्साको ठोरी गाउँपालिका–१ मा माओवादीका उम्मेदवार राम प्रकाश कॅुवर विजयी - 2017-09-19
पर्सा, असोज ३ पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

पर्साको पटेर्वासुगौली-१ मा एमालेको प्यानलै विजयी - 2017-09-19
पर्सा, असोज ३ पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865722 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top