पार्टी एकताको आवधारणा तयार पार्ने एमाले स्थायी कमिटीको बैठक बालकोटमा सुरु /* - - - Script for Auto Navigation - - - */

राजनिति

एकता संयोजन समितिको बैठकमा ओली र प्रचण्ड

काठमाडौं माघ ७


एकता संयोजन समितिको बैठकमा आआफ्नो अडानलाई प्रभावकारी बनाउने एमाले र माओवादी केन्द्रले पार्टीका आन्तरिक बैठक गरेका छन्। माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै आफू निकट नेताहरुसँग एकसरो बैठक गरेका छन्।

पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।

पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।

प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

बाराको देवताल गाउँपालिकामा राजपा विजयी - 2017-09-21
बारा, असोज ५ बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दन कुमारसिंह विजयी भएका छन्। सिंह २३३० मत सहित विजयी भएका हुन भने उनका निकटम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उदयचन्द्र प्रसाद यादवले १९४२ मत प्राप्त गरेका छन।

गरुडा ३ मा एक मतले कांग्रेस विजयी, मतगणना अवरुद्ध - 2017-09-20
रौतहट, असोज ४ रौतहटको गरुडा नगरपालिका–३ मा कांग्रेस उम्मेदवार एक मत अन्तरले विजयी भएपछि माओवादी उम्मेदवारले पुनः मतगणनाको माग राखेका छन्। कांग्रेसका कृष्णकुमार साहनीले ३०८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादीकी शैला देवीले ३०७ मत प्राप्त गरेकी छिन्।

दुर्गा भगवती गाउँपालिका प्रमुख पदमा माओवादी अगाडि काग्रेस पछाडि - 2017-09-20
रौतहट, असोज ४ दुर्गा भगवती गाउँपालिकामा माओवादीको अग्रता रहेको छ । माओवादीका उम्मेदवार ३९६ मतले अग्रता लिरहेको छ भने उनलाई काग्रेसका उम्मेदवारले ३५४ मतका साथ पछयाईरहेका छन् । यसै साथ राजपा ६७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

सर्लाहीका ११ नगरपालिकाको पछिल्लो मतपरिणाम - 2017-09-20
असोज ४ सर्लाहीका २० वटै स्थानीय तहको मतगणना जारी छ। ११ वटा नगरपालिका रहेको सर्लाहीमा एमाले ३, माओवादी केन्द्र ३, कांग्रेस २, राजपा २ र संघीय समाजवादी फोरम नेपाल एक वटा नगरपालिकामा अगाडि रहेका छन्।

२ नम्बर प्रदेश निर्वाचन: महानगर र तीन उपमहानगरमा पछि पर्‍यो कांग्रेस - 2017-09-20
काठमाडौं, असोज ४ दुई नम्बर प्रदेशका स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार दुई नम्बर प्रदेशमा समग्रमा धेरै स्थानीय तहमा अग्रता कांग्रेसले लिएको छ।

स्थानिय निर्बाचन अपडेट : रौतहट - 2017-09-20
रौतहट राजदेवी नगरपालिका वडा नम्बर ०२ को वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालको उम्मेदबार सनुप महतो बिजयी l

गौर नगरपालिका वडा नम्बर ०२ मा राकेश झा बिजयी - 2017-09-20
गौर/ रौतहट को सब भन्दा पुरानो नगरपालिका गौर नगरपालिकाको वडा नम्बर ०२ बाट राजपा नेपालका उम्मेदबार राकेश कुमार झा बिजयी हुनु भएको छ l साबिक वडा नम्बर ०३ र ०४ गरि बनेको वडा नम्बर ०२ मा ३७१ मत ल्याएर बिजयी हुनु भएको हो l वहाँ को निकट तम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदबार राजिनंद साह को २४४ मत रहेको छ l

स्थानिय निर्बाचन अपडेट :रौतहट - 2017-09-19
रौतहट बौद्धि माइ नगरपालिका वडा नं १ मा स्वतन्त्र बाट उम्मेदबारी दिएका गुदर राय वडाध्यक्ष मा बिजयी l

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865724 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top